Jilla Ban Notis

विश्व हिन्दु महासङ्गको केन्द्रिय कार्यालय सुनवल–१३ बडेरामा निमार्ण गरीदै ।

0 41

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२९
नवलपरासीको सुनवल–१३ बडेरामा विश्व हिन्दु महासङ्गको केन्द्रियकार्यालय निर्माण गरीने भएको छ । शनिवार एक कार्यक्रमका विच विश्व हिन्दु शान्ती बाटिकामा भवन निमार्णका लािग सिलन्यास गरीएको छ । नया गाउँ स्थित मुक्तिनाथ धाम पिठाधिस श्री १००८ लोकानन्द स्वामी महाराज र केन्द्रीय अध्यक्ष डाक्टर रामचन्द्र अधिकारी तथा केन्द्रीय उपाध्यक्ष बेन बहादुर पौडेल क्षेत्रीले संयुक्त रुपमा उक्त भवनको शिलन्यास गर्नु भएको थियो ।

विश्व हिन्दु महासङ्ग नवलपरासी र विश्व हिन्दु महासङ्ग केन्द्रिय कार्यालयको सयुक्त आयोजनामा भएकोकार्यक्रममा जिल्ला अध्यक्ष मान बहादुर थापा,रामजी लौडारी लगाएको सहभागिता रहेको थियो । कार्यक्रममा विश्व हिन्दु महासङ्गको नव निर्वाचित बांकी रहेका पदाधिकारिहरुको सपथ ग्रहण कार्यसमेत गराईएको थियो । कार्यक्रम महासङ्गका केद्रीय अध्यक्ष डाक्टर रामचन्द्र अधिकारिको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सोअवसरमा बोल्ने बक्ताहरुले ८२ प्रतिशत हिन्दु रहेको रास्ट्रमा बाह्य ईशारामा धर्म निर्पेक्षता लादिएको बताएका थिए भने २०७८ को जनगणनाको तथ्यांक तलमाथि पारिएको भन्दै भत्सर्ना समेत गरेका थिए। उनीहरुले हिन्दु आयोग गठन गरि हिन्दु रास्ट्रको मागलाई सम्बोधन नगरिएमा दबावमुलक कार्यक्रमलाई रास्ट्रिय अभियानको रुपमा अघि बढाउने चेतावनी समेत दिएका थिए। कार्यक्रमको स्वागत मन्तब्य बेन बहादुर पौडेल र संचालन केन्द्रीय महासचिव रामचन्द्र तिवारीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.