Jilla Ban Notis

विश्व हिन्दु महासंघको मेची–महाकाली जन जगारण अभियान विहिबार बर्दघाटमा आईपुग्यो ।

0 38

रामु भुषाल
बर्दघाट,चैत्र–१२
विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति पश्चिम नवलपरासीको आयोजना र विश्व हिन्दु महासंघ केन्द्रिय कार्य समितिको मेचीकाली जनजगारण अभियान तथा राष्ट्रिय जनगणना अभियान २०७८ सम्बन्धी सचेतना कार्यक्रम विहिबार बर्दघाटमा सम्पन्न भएको छ ।

विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष क्याप्टेन मान बहादुर थापाको अध्यक्षता तथा महासंघका केन्द्रिय अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले नेपालमा हिन्दुहरुको बाहुल्यता भएतापनि राजनितिज्ञहरुको बेवास्ताका कारण देश धर्म निरपेक्ष भई हिन्दु धर्म माथि नै घात भएको बताउनु भएको थियो ।

अहिले हुन लागेको राष्ट्रिय जनगणनामा समेत विभिन्न बहानामा हिन्दु धर्मावलम्बीहरुको सख्यालाई तल झार्न खोजिएको हुदा सबै हिन्दु धर्मावलम्बीहरुले सचेत भई आफ्नो धर्मलाई बचाउन गर्न आग्ह गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य तथा पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले आफु सदैव हिन्दु धर्मको पक्षमा वकालत गर्दै आइरहेको र नेपाललाई हिन्दु राज्य घोषित गर्नुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयएको थियो ।


त्यसैगरी सविधान सभा सदस्य विक्रम खनाल, बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल, महासंघका वरिष्ट उपाध्यक्ष शंकर खनाल, महासंघका अनुगमन विभागका संयोजक भरतराज पौडेल, महासंघका लुम्बिनी प्रदेश प्रमुख तथा केन्द्रिय उपाध्यक्ष दधिराम शर्मा, केन्द्रिय सदस्य देवराज भण्डारी लगाएतले मन्तब्य राख्नुभएको थियो ।


सोही अवसरमा विभिन्न जात जातिका भजन किर्तन हुनुका साथै शिवशक्ती भजन मण्डली द्धारा प्रस्तुत तिर्थ सापकोटाको शिरमा गंगा शिव भजन सग्रहको समेत विमोचन गरिएको थियो ।
महासंघका जिल्ला उपाध्यक्ष राधिका न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन महासंघका केन्द्रिय सदस्य दिपक थापा क्षेत्रीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.