Jilla Ban Notis

विश्व योग दिवसमा रामग्राम जेसीजद्धारा योगाभ्यास कार्यक्रम

0 14

 

गौरीशंकर जयसवाल

परासी, ७ असार

योग दिवसको अवसरमा पश्चिम नवलपरासीमा योग अभ्यास कार्यक्रम आज सम्पन्न भएको छ । रामग्राम जेसीजको आयोजनामा विहान परासीस्थित लिटिल एञ्जेल्स माविमा योग अभ्यास कार्यक्रम सम्पन्न भएको हो । आयोजित योगाभ्यास कार्यक्रममा रामग्राम नगर क्षेत्रका युवाहरु तथा जेसीज सदस्यहरुको सहभागिता रहेको रामग्राम जेसीजका अध्यक्ष सन्दीप अग्रहरीले जानकारी दिए । सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास भएकोले रामग्राम जेसीजले यो कार्यक्रमको आयोजना गरेको जेसीजका शाखा अध्यक्ष सन्दीप अग्रहरीले बताए । उनले योगले शारिरीक तथा मानसिक रुपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले जेसीजले यसलाई जोड दिएर मनाउने गरेको पनि स्पष्ट पारेका थिए । कार्यक्रममा रामग्राम जेसीजका पूर्व अध्यक्ष सुमनगोपाल आचार्यले शारीरिक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढदै गएको बताए । उनले कोभिड १९ को महामारीको बेला पनि रामग्राम जेसीजले आफ्नो सामाजिक कार्यलाई अघि बढाएको भन्दै खुशी व्यक्त गरे ।

रामग्राम जेसीज वर्ष २०२० का अध्यक्ष सन्दीप अग्रहरीको अध्यक्षता तथा शाखाका पूर्व अध्यक्ष सुमन गोपाल आचार्यको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक रामग्राम पतञ्जली योग समितिका कृष्ण भट्टराई, कार्यक्रम संयोजक सदन पौडेल, जेसीजका महासचिव चन्द्रमणी चौधरी लगायतले योगको महत्वबारे प्रकाश पारेका थिए ।

Leave A Reply

Your email address will not be published.