Jilla Ban Notis

विपन्न वर्गको लगत संकलन गर्न स्थानीय तहलाई निर्देशन ।

0 15

बर्दघाट,चैत्र–१६
जिल्ला स्तरीय कोराना नियन्त्रण समन्वय समिति नवलपरासीले विपन्न वर्गको लगत संकलन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । आज परासीमा भएको जिल्ला स्तरीय कोराना नियन्त्रण समन्वय समितिको बैठकले उक्त निर्णय गरेको बताईएको छ । जिल्ला लक डाउनका कारण जटील समस्या उत्पन्न हुन सक्ने भन्दै  जिल्लाका सात वटै स्थानीय तहलाई निर्देशन गरीएको बताईएको छ ।   समितिका संयोजक एंव जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर प्रसाद रायको आतिथ्यमन सम्पन्न बैठकले स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनलाई मापदण्डअनुसारको सेवा सुविधासहित व्यवस्थित गराउन र आवश्यकताअनुसार मापदण्डसहितको क्वारेन्टाइन निर्माण गर्न स्थानीय तहलाई निर्देशन दिएको बताईएको छ । प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारी , बैजनाथ जयसवाल र जिल्लका सात वटै स्थानिय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगाएतको सो वैठकमा उपस्थिती रहेको थियो ।
त्यसैगरी बैठकले हवाई तथा स्थल मार्ग मार्फत विदेशबाट आएका सर्वसाधारणको स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा बस्न सुझाव दिने र परिवारका सदस्यहरुलाई पनि निगरानीमा राख्न सम्बन्धित स्थानीय तहका स्वास्थ्य शाखालाई निर्देशन दिइएको छ  भने सरावलमा कावारेन्टाईन स्थापनाका क्रममा भएको समस्या समाधान गर्नअ आज नै स्थानियहरुसंग छलफल गर्ने निर्णयपनि गरेको थियो ।

Leave A Reply

Your email address will not be published.