Jilla Ban Notis

विपतमा परेका भुलबहादुरको घर बर्दघाट नगरपालिकाले निमार्ण गरीदिने ।

0 31

कृष्ण ढकाल

बर्दघाट,बैशाख–८
बर्दघाट नगरपालिका वडा नम्बर १५ निवासी स्थानिय भुलबहादुर थापाको घर बर्दघाट नगरपालिकाले निमार्ण गरीदिने भएको छ । बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन समितिको समन्वय र बर्दघाट कार्यपालिकाको बैठकले थापाको घर नगरपालिकाले बनाईदिने निर्णय गरेको हो । सोहि बैठकले सामान्य प्रकृतिको भुलबहादुर थापाको घर निमार्णका लागि ९० हजार रुपैयां लाग्ने अनुमान गरी उक्त रकम नगरपालिकाले दिने निर्णय गरेको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालले गाउंले दर्पण अनलाईनलाई जानकारी दिनु भएको छ । उहांले बर्दघाट नगरपालिकाले गरीव,दीन दुःखि नगरवासीहरुको घरलाई ब्यवस्थीत र संभावित आगलागिका घट्नाहरु हुन वाट बचाउनका लागि यसअघि नै नगरक्षेत्रलाई खरको छानो मुक्त नगरपालिका बनाउने अभियान शुरु गरेको बताउदै अब भुलबहादुर थापाको जस्तो परिवारलाई परेको विपतमा नगरपालिकाले घर निमार्णमा आर्थिक सहयोग गर्नेकार्यको शुरुवात गरेको बताउनु भयो ।

बर्दघाट नगरपालिका वडा नम्बर १५ निवासी स्थानिय भुलबहादुर थापाको घर गत चैत्र २७ गते राति अचानक आगलागी हुदां पुर्णरुपमा जलेर नस्ट भएको थियो । खरले छाएको घरमा करिब १२ बजे राती अचानक आगलागी हुदां थापाकोघरगोठ जलेर पूर्णरुपमानस्ट भएको थियो । त्यसैगरी उनको गोठमा भएको खोरमा बाधिएका ४ वटा बाख्रा जलेर मरेका थिए । घरमा रहेको खाद्यान्न,लत्ताकपडा समेत पुर्ण रुपमा जलेको थियो । आगलागीबाट थापाकी श्रीमती समेत सामान्य घाईते भएकी थिईन भने करिब २ लाख ५७ हजार बराबरको को क्षति भएको बताईएको थियो ।

Leave A Reply

Your email address will not be published.