Jilla Ban Notis

उद्योगपति विनोद चौधरीको कम्पनीले १ सय ३८ जना मजदुरहरुको संचित रकम तथा पारिश्रमीक नदिएको मजदुरको गुनासो ।

0 101

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२५
नेकपा (क्रान्तिकारी माओवादी) बैद्य समुह निकटको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ जिल्ला समिति पश्चिम नवलपरासीले आज बर्दघाटमा पत्रकार सम्मेलन सम्पन्न् गरेको छ ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला संयोजक ज्ञान बहादुर खत्रीको अध्यक्षता तथा संचालनमा भएको उक्त कार्यक्रममा नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा सत्ता गठबन्धनका तर्फ देखि प्रतिनिधि सभा सदस्यका रुपमा उमेदवार बन्नु भएका नेपाली काँन्ग्रेसका नेता एवं डलर अरबपति विनोद चौधरीका विरुद्ध पत्रकार सम्मेलन गरीएको थियो ।

प्रतिनिधि सभा सदस्य पदका उमेदवार विनोद चौधरीको नाममा रहेको हिमाल हाईड्रो एण्ड जनरल कन्ट्रक्सन लि.ले २०७५ जेष्ठ ३ गते काम छोडेका १ सय ३८ जना मजदुरहरुको संचित रकम तथा पारिश्रमीक आज सम्म पनि नदिएको भन्दै उक्त रकम निकासा गर्ने वातावरण सृजना गरीदिन अनुरोध गर्दै आज पत्रकार सम्मेलनको आयोजना गरीएको तत्कालीन मजदुर नेता भिमलाल काफ्लेले पत्रकार सम्मेलनमा गुनासो गुर्न भएको थियो ।

२०४५ साल देखि आफुले उक्त हिमाल हाईड्रो लि.मा काम गरेको तर मालिक विनोद चौधरीले आज सम्म आफु लगाएत अन्य १ सय ३८ जनाको करिव २ करोड रुपैया आज सम्म पनि भुक्तानि नगरेको पत्रकार सम्मेलनमा बताउनु भएको छ । उहाँले उपलब्ध गराएको कागजी डकुमेन्टमा भने ६४ लाख ७८ हजार रुपैयामात्र भुक्तानी हुन बाँकी रहेको देखिन्छ । त्यसैगरी श्रम कार्यालयमा दिएको उजुरी अनुसार २०७६ फागुन २० गते दुबै पक्षको रोहभरमा छलफल भएपनि निष्कर्ष विहिन भएको र त्यस पछि कुनै सम्पर्कमा नरहेको काफ्लेको भनाई रहेको छ ।

बर्दघाटमा भएको पत्रकार सम्मेलनमा नेकपा (क्रान्तिकारी माओवादी) बैद्य समुह निकटका जिल्ला सेक्रेटरी छबिलाल खरेल लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.