Jilla Ban Notis

विद्यालयमा सभा, समारोह र वार्षिक उत्सव जस्‍ता कुनै पनि कार्यक्रम नराख्न सरकारको आग्रह ।

प्याब्सन नवलपरासीको ईमर्जेन्सी बैठक भोली वस्दै ।

0 41

कृष्ण ढकाल
बर्दघाट,फागुन–२०
कोरोना भाइरसको संक्रमण र सन्त्रास बढ्दै गएको भन्दै सरकारले आवश्यक सतर्कता अपनाउन नेपाल भरका सबै विद्यालयहरुलाई आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सूचना जारी गर्दै आवश्यक सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेको हो । त्यसैगरी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा सक्न पनि आग्रह गरेको छ । विद्यालयमा सभा, समारोह र वार्षिक उत्सव जस्‍ता सर्वसाधारण भेला कुनै पनि कार्यक्रम नराख्न पनि सरकारले सबैमा आग्रह गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकारवाला पक्षलाई बोलाएर सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न आग्रह गरे अनुसार प्याब्सनले जिल्ला जिल्लामा सर्कुलर पठाएको हो ।  सोही सर्कुलर अनुसार नवलपरासीमा पनि भोली नै तत्काल प्याब्सनले ईमर्जेन्सी बैठकको आवाहन गरेको प्याब्सनका जिल्ला अध्यक्ष ईन्द्र गुरुङ्गले गाउंले दर्पण अनलाईनलाई जानकारी गराउनु भएको छ । उहांका अनुसार केन्द्रले जारीगरेको सर्कुलरका विषयमा भोली छलफलगरी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा सक्ने गरी तयारीमा जुट्न सबै विद्यालयहरुलाई जानकारी गराईने छ ।

Leave A Reply

Your email address will not be published.