Jilla Ban Notis

विद्यालयमा आर्थिक अपचलन भएकै छैन ः अध्यक्ष र प्र.अ.

0 43

कृष्ण ढकाल
बर्दघाट,भदौ–१३
नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. ९ मा रहेको राजा महात्मा पूर्णभद्र मावि पञ्चनगरले आफ्नो विद्यालयमा कुनै पनि किसिमको आर्थिक अपचलन नभएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टुक प्रसाद बस्याल र प्रअ पुष्पराज अधिकारीले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर जानकारी गराएका छन् । केहि दिनअघि विद्यालय ब्यवस्थापन समितिका सदस्य एवं भवन निमार्ण समितिका संयोजक कृष्ण गिरी र विद्यालय ब्यवस्थापन समितिका सदस्य बाबु सुनारले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर विद्यालयमा आर्थिक अपचलन भएको जानकारी गराएका थिए । सदस्यद्धयले १ करोड १ लाख ऋण कसरी लाग्यो ? विद्यालयमा आर्थिक अपचलन भयो भन्दै विज्ञप्ती जारी गरेका थिए । त्यसको जवाफमा आज अध्यक्ष र प्रअले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर हल्लाको पछि नलाग्न आग्रह गर्दै कुनै आर्थिक अपचलन नभएको जनाएका छन् । अहिले अक्तीयार र नगरपालिकाले समेत छानविन गरीरहेका वेला अनावश्यक रुपमा हल्ला गरेको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

Leave A Reply

Your email address will not be published.