Jilla Ban Notis

विद्यालयका अध्यक्षमाथि भएको कुटपिटप्रति नेकपाद्धारा भत्र्सना

0 30

परासी, १२ मङ्सिर ः

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ९ भूताहास्थित राजामहात्मा पूर्णभद्र माध्यामिक विद्यालयका अध्यक्ष टुकप्रसाद बस्यालमाथि कुटपिट भएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पश्चिम नवलपरासीले घोर भत्र्सना गरेको छ । नेकपाका पार्टी सदस्य समेत रहेका बस्यालमाथि विद्यालय हाताभित्रै कुटपिट भएको घटनाप्रति खेद व्यक्त गर्दै विहिवार नेकपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद र सचिव तुलसी पासीद्धारा विहिवार जारी विज्ञप्तीमा घटनाप्रति खेद व्यक्त गरिएको छ । नेकपाले बस्यालमाथि आक्रमण गर्ने यूवाहरुको समूहलाई तत्काल पक्राउ गरी कानून बमोजिम हदैसम्मको कारवाही गर्न माग गरेको छ । बस्याललाई ज्यान मार्ने आसयले राजनीतिक रूपमा योजनाबद्ध हिसाबले आक्रमण भएको उल्लेख गर्दै नेकपाले घटनाको घोर आपत्ति जनाएको छ ।

Leave A Reply

Your email address will not be published.