Jilla Ban Notis

विद्यार्थी भर्नाको नाममा चर्काे शुल्क लिईएकोभन्दै नेविसंघ नवलपरासीकोे आपत्ती ।

0 70

कृष्ण ढकाल
बर्दघाट,श्रावण–२६
नवलपरासीका केहि सामुदायिक विद्यालयहरुले सहयोगका नाममा विद्यार्थी भर्ना गर्दा ५ हजार ५ सय सम्म लिने गरेको भन्दै नेपाल विद्यार्थी संघ नवलपरासीले आपत्ती जनाएको छ । नेपाल विद्यार्थी संघ नवलपरासीका निवर्तमान सभापति दधिराम पौडेलले विज्ञप्ती जारी गर्दै सो कुराको विरोध जनाउनु भएको छ । केहि निजि तथा संस्थागत विद्यालयहरुले पनि विद्यार्थीहरुलाई गृहकार्य दिने वहाना वनाएर विद्यालयमा बोलाएर शिष्ँण शिकाई शुरुगरेको पाईएकाले त्यस्ता कार्य तत्काल रोक्न सोही विज्ञपती मार्फत आग्रह गरीएको छ । त्यसैगरी निजि तथा संस्थागत विद्यालयहरुले आफप्ना शिक्षकहरुलाई तलव भक्ता उपलब्ध नगराएको प्रतिपनि आपत्ति जनाउदै विना शर्त तलव भक्ता उपलब्ध गराउन विज्ञप्ती मार्फत आग्रह गरीएको छ ।

Leave A Reply

Your email address will not be published.