Jilla Ban Notis

विद्यार्थीहरूले सुरक्षाकर्मीलाई दिए स्वास्थ्य सामग्री ।

0 12
अंगद यादव
प्रतापपुर,चैत्र –२०
विश्वभरी कोरोना भाइरस (कोभिड(१९) को महामारी फैली रहेको बेला नवलपरासी पश्चिम प्रतापपुर गाउपालिकामा रहेको त्रिभुवन क्याम्पस बेलाटारीको बी.एड.मा अध्यनरत विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालय बेलाटारीका सुरक्षाकर्मीहरुलाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छन् । विश्व कोरोना भाइरसको संक्रमणमा गुज्रिरहेको अवस्थामा संक्रमण बाट बच्नका लागि दिनरात जनताकै सेवामा खटिने सुरक्षाकर्मी असुरक्षित हुने भन्दै मास्क, साबुन र ग्लब्स बितिरण गरिएको विद्यार्थी नेता सोभित हलुवाईले बताउनुभयो । विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुका लागी १÷१ थान माक्स, साबुन ग्लब्स कार्यालयका प्रमुख प्रहरी निरीक्षक खुमानन्द पाण्डेयलाई प्रदान गरेका थिए ।  सामाग्री बितरणमा कमल ढकाल, मिथलेस पासी, कमलेश यादव लगायतका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.