Jilla Ban Notis

वित्तिय साक्षरता र मनो समाजिक परामर्श कक्षा बर्दघाट ४ बाढिपिडितमा सञ्चालन ।

0 43

रामु भुसाल
बर्दघाट,मंसीर–१६
पश्चिम नवलपरासीको बर्दघाट ४ बाढिपिडितमा बर्दघाट नगरपालिकाको नेतृत्वमा ईन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट ९ पञ्चनरद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामि कार्यक्रम अन्र्तगत वित्तिय साक्षरता र मनो समाजिक परामर्श कक्षा सोमबार देखी सञ्चालनमा आएको छ ।

नेपाल सरकार र स्वीस सरकरको दुई पक्षिय समझौता अनुसार श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र स्थानिय तहको नेतृत्वमा सञ्चालित सामि परियोजनाले सञ्चालन गर्ने गतिविधि अन्तर्गत सो कक्षा संचालनमा आएको हो ।

२४ हप्ता सम्म संचालन हुने कक्षामा बैदेशिक रोजगारीमा रहेकाहरुको श्रीमती र आमाहरुलाई सो कक्षा मा समाबेश गराईएको छ । सो कक्षामा बर्दघाट ४ को स्मृतीनगर , धौलागिरि टोल र उपहार नगरका बैदेशिक रोजगारीमा रहेका परिवार मध्ये बाट ३० जनाको सहभागीता रहने कक्षा प्रत्यक सोमबार सञ्चालन हुने छ ।

आज पहिलो सत्रको कक्षाको सहजिकरण सामी परियोजनाका वितिय सहजकर्ता नारायण दत्त घिमिरे, मनोपरामर्शकर्ता तारा सापकोटा र मञ्चका आर।भी। रामु भुषालले गर्नुभएको थियो । परियोजनाले बर्दघाट नगरपालिका भित्रका वडा नम्बर ४, ८, १० र १२ का ४ स्थानमा गरी १२० जना महिलालाई वितिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिने र सुनवल नगरपालिका, रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका र प्रतापपुर गाउँपालिकाका ४–४ स्थानमा गरी १६ स्थानमा कक्षा सञ्चालन भई रहेको सामी परियोजना संयोजक ज्ञानेश्वर भण्डारीले जानकारी दिनुभयो । https://www.youtube.com/watch?v=BKSUlhL79XA

Leave A Reply

Your email address will not be published.