Jilla Ban Notis

वित्तिय साक्षरता र मनोसमाजिक परामर्श कक्षाको दोस्रोसत्र सम्पन्न ।

0 32

रामु भुसाल
बर्दघाट,मंसीर–२२
नवलपरासीको बर्दघाट–४, बाढिपिडितमा बर्दघाट नगरपालिकाको नेतृत्व र ईन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट–९, पञ्चनगरद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामि कार्यक्रम अन्र्तगत वित्तिय साक्षरता र मनो समाजिक परामर्श कक्षा सोमबार दोस्रो सत्रको कक्षा सम्पन्न भएको छ ।
नेपाल सरकार र स्वीस सरकरको दुई पक्षिय समझौता अनुसार श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र स्थानिय तहको नेतृत्व र हेल्भेटासको प्राबिधिक सहयोगमा सञ्चालित सामि परियोजनाले सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत सो कक्षा संचालनमा आएको हो । कक्षामा प्रमुख अतिथिको रुपमा बोल्दै बर्दघाट नगरपालिकाकी नगर उप प्रमुख एवं न्यायीक समिति संयोजक माया देवी पौडेलले महिलाहरु आय आर्जन तर्फ उन्मुख नहुदा बढि हिंसामा पर्ने गरेको बताउदै अबका दिनमा महिलाहरु पनि आर्थिक उपार्जनमा सहभागी भई आफुलाई आय आर्जन तर्फ लैजानु पर्ने बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले लैगिंक हिंसाको १६ दिने अभियान अन्तर्गत आफ्ना बिचार राख्दै हिंसा कसैले पनि गर्न नहुने र सहन पनि नहुन,े समाजमा कसैमाथी हिंसा भएको थाहा भएमा तुरुन्त प्रतिकार गर्न समेत अनुरोध गर्नु भयो । सोही कार्यक्रममा सञ्चारकर्मी अस्मिता भुषालले लैगिंक हिंसाका बारेमा प्रकाश पार्दै पछिल्लो समय किशोर तथा बालिकाहरुमा यौन जन्य अपराधिक गतिविधिहरु बृद्धि भईरहेको हुदा दोषीलाई कडा भन्दा कडा कानुन को व्यवस्था गर्न सके हिंसा न्युनिकरण हुने धारणा राख्दै महिला तथा किशोरीहरुलाई घर परिवार बाटै आत्मबल बढाई हिंसाको प्रतिवाद गर्न सक्ने क्षमताको विकास गराउन जरुरी रहेको बताउनु भयो ।

दिवसकै अवसर बिच संचालित सो कक्षामा विपन्नता र सम्पन्नता का बारेमा सहजिकरण गरिएको थियो । २४ हप्ता सम्म संचालन हुने कक्षामा बर्दघाट ४ को स्मृतीनगर, धौलागिरि टोल र उपहार नगरका बैदेशिक रोजगारीमा रहेका परिवार मध्ये बाट ३० जनाको सहभागीता रहने कक्षा प्रत्यक सोमबार सञ्चालन हुने जनाइएका छ । सोमबार दोस्रो सत्रको कक्षाको सहजिकरण सामी परियोजनाका वित्तिय सहजकर्ता नारायण दत्त घिमिरे, र मञ्चका रिटर्नी भोलेन्टियर रामु भुषालले गर्नुभएको थियो । परियोजनाले बर्दघाट नगरपालिका भित्रका वडा नम्बर ४, ८, १० र १२ का ४ स्थानमा गरी १२० जना महिलालाई वितिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिने र सुनवल नगरपालिका, रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका र प्रतापपुर गाउँपालिकाका ४–४ स्थानमा गरी १६ स्थानमा कक्षा सञ्चालन भई रहेको सामी परियोजना संयोजक ज्ञानेश्वर भण्डारीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.