Jilla Ban Notis

विज्ञप्तीले रोकिएन साप्ताहिक हाटबजार ।

0 36

कृष्ण ढकाल
बर्दघाट,फागुन–२८
कोरोना संक्रमणका कारण नेपाल सरकार,प्रदेश नंं ५ को प्रदेश सरकार  र स्थानिय सरकारहरु साथै जिल्ला प्रशासन कार्यालय सबैले मेला महोत्सव तथा भिडभाडजन्य कुनै पनि कार्यक्रम नगर्न नगराउनका लागि आग्रह गर्दै विज्ञप्तीहरु जारीगरेपनि अझै सम्म त्यसको पूर्ण कार्यान्वयन भने हुन सकेको छैन् । शिक्षा क्षेत्रमा चैत्र ९ गते सम्मको समय सिमा दिईएको छ भने अन्य क्षेत्रमा मानिसहरुको भिडभाड् जम्मानगर्नका लागि विज्ञप्ती मार्फत आग्रह गरीएको छ । तर सरकारले भने जस्तो विवाह,पुजा जस्ता क्षेत्रमा मानिसहरुको भिड रोक्न नसकेपनि सार्वजनिक स्थानमा हुने साप्ताहिक हाटबजारहरु संचालन समेत रोक्न सकेको छैन् । बर्दघाट नगरपालिका वडा नं. २ मा पर्ने चिसापानीको साप्ताहिक हाट बजार बुधवार निर्वाहक रुपमा संचालन भैरेको थियो । कोरोना भाईरस संक्रमणको हल्लाका कारण केहि प्रभावित भएपनि हाट बजार संचालनमा भने कुनै प्रभाव परेको थिएन । यता बर्दघाट नगरपालिकाले भने नगरक्षेत्रमा कुनै पनि मेला महोत्सव ,हाट बजार संचालन तथा भिडभाडजन्य कुनै पनि कार्यक्रम नगर्न नगराउनका लागि आग्रह गर्दै विज्ञप्ती जारीगरेको थियो ।

Leave A Reply

Your email address will not be published.