Jilla Ban Notis

विजया दशमी तथा दिपावलीमा भिडभाड नगरी पर्व मनाउन प्रशासनको आग्रह ।

0 29

बर्दघाट,असोज–२८
जिल्ला प्रशासन कार्यालय नवलपरासीले हिजो एक सुचना जारी गर्दै विजया दशमीमा दुर्गामन्दिरहरुमा पुजाआजाका नाममा जम्मा हुने , जात्रा लगाउने तथा विभिन्न प्रकारका समुहमा खेलिने खेलकुदहरु संचालन नगर्न र दिपावलीको अवसरमा देउसीभैलो समेत खेल्नमा रोक लगाएको छ । चाड वाडलाई सव्य, शान्त र मितब्ययी बनाउँदै स्वास्थयका मापदण्ड अपनाएर ब्यापार ब्यवसाय संचालन गर्न । चाडवाड बनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासीले जिल्लावासीहरुलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले जारीगरेको सुचनालाई कोहि कसैले उल्लङ्घन गरे संक्रमक रोग ऐन २०२०को दफा ३ को १ अनुसारको कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकद्धारा जारी गरीएको सार्वजनीक सुचनामा उल्लेख गरीएको छ ।

Leave A Reply

Your email address will not be published.