Jilla Ban Notis

विकास निमार्णको रकम फ्रिज हुदां दुई पक्ष बिच कुटा–कुट ।

0 37

गौरीशंकर जयसवाल

परासी १ असोज
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १७ मा स्थानीय जग्गाधनी र उपभोक्ता समिति बिच सड्क निर्माणको बिषयमा बिवाद हुदा रकम फिज भएको छ । रामग्राम १७ पिपरहियामा स्थानीय पूर्वाधार बिकास साझेदार कार्यक्रमको बिनीयोजित रकम १४ लाख ८६ हजार मध्ये ६ लाख रकम विबादका कारण फ्रिज भएको उपभोक्ता समितिका अध्यक्ष जय नारायण धवलले बताएका छन । विबाद भए पछि गन्डक नहर देखि बिष्णुमार्ग आरसीसी बाटो निर्माण अधुरो रहेको छ ।आर्थिक वर्ष ०७६/०७७ को उक्त योजना ०७७ असाढ १५ मा सम्पन्न हुनु पर्नेमा सम्पन्न हुन नसके पछि अधुरो रहेको हो ।
उक्त सड्क निर्माणमा नगरवाटनै केहि ब्यक्तिकोपक्ष लिएर बिबाद गराएको उपभोक्त समितिले आरोप लगाएको छ । उता स्थानीयवासीहरु भने प्रदेश सभासदस्य र स्थानिय जनप्रतिनिधिले उपभोक्ता समितिलाई उचालेर बिवाद गराएको आरोप लगाएका छन ।
स्थानीय रामानन्द कोईरी र शारदा देबि जैसवाल लगाएतले रामग्राम नगरपालिकाको कार्यालयमा २०७७ चैत्र ७ गते भएको सहमति कार्यान्वयन हुनु पर्ने र टोला मार्ग,पूर्व सोइया मार्ग र डि मार्गको बिबाद एकै पटक समाधान गर्नु पर्ने बताएका छन । उनिहरुले अहिले निर्माण हुन लागेको सड्कमा आप्नो गाउं ब्लकको जग्गा रहेको हुदा आफुहरुले टोला मार्ग,पूर्व सोइया मार्ग र डि मार्गको विबाद समाधान भए मात्र गन्डक नहर देखि बिष्णु मार्ग आसीसी बाटो निर्माणमा सहयोग गर्ने बताएका छन । उपभोक्ता समितिका पदाधिकारीले निर्माण हुन लागेको गन्डक नहर देखि बिष्णु मार्ग आसीसी बाटोको जग्गा सार्वजनिक भएको दाबि गरेका छन । दुबै पक्षको आ आप्नै दाबिका कारण ६ लाख रकम फ्रिज भएको छ भने सड्क अधुरो रहेको छ । सड्क निर्माणका बिषयमा बिबाद भएपछि रामग्राम नगरपालिकाको पिपरहियामा दिनहु दुई पक्षबिच कुटाकुट समेत हुने गरेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.