Jilla Ban Notis

वासावाट ६ जना काठतस्कर सहित करिव ३० हजार मुल्य बरावरको काठ पक्राउ ।

0 23

कृष्ण ढकाल
बर्दघाट,भदौं–३१
नवलपरासीको वासा प्रहरी चौकीवाट खटेको गस्ति टोलीले आज विहान ३ः३० बजे ६ जना काठ तस्कर सहित करिव ३० हजार मुल्य बरावरको काठ पक्राउ गरेको छ । पक्राउ परेका ब्यक्ति र काठ बर्दघाट सरावल सवडिभिजन वन कार्यालय बर्दघाटको जिम्मा लगाएको वासा प्रहरी चौकीका महेश रायमाझीले जानकारी दिनुभएको छ ।

राजमार्ग छेऊमा पर्ने सरावल–२ देबिनगर क्षेत्रवाट ६ वटा साईकलमा ७ वटा चारपाटा काठका टिम्मा लिएर जादै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले ६ जना काठ तस्कर सहित पक्राउ गर्नसफल भएको बर्दघाट सरावल सवडिभिजन वन कार्यालय बर्दघाटका प्रमुख रामनारायण शाहले जानकारी दिनु भएको छ ।
पक्राउ पर्नेमा सरावल–१ वसहि वस्ने ईन्द्रजित थारु,चानेदार थारु,परशेश्वर चौधरी,शेष नारायण थारु,नगेन्द्र यादव र लक्ष्मण थारु रहेका छन् ।

Leave A Reply

Your email address will not be published.