Jilla Ban Notis

वर्तमान सरकारलाई नै ५ वर्ष पुरासमय काम गर्न दिनुपर्छ ः पुर्व मन्त्री वस्नेत

0 20

कृष्ण ढकाल
बर्दघाट,पुष–४
नेकपा केन्द्रिय सदस्य तथा पुर्व मन्त्री एवं राष्ट्रिय युवा सघं नेपालका ईन्चार्ज महेश बस्नेतले वर्तमान सरकारलाई नै ५ वर्ष पुरासमय काम गर्न दिनु पर्ने बताउनु भएको छ । युवा सघं नेपाल नवलपरासीले आज बर्दघाटमा राखेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता वस्नेतले उक्त कुरा बताउनु भएको हो ।

अहिलेको अवस्थामा कुनै नेताहरुमा केहि असमझदारी रहे वा पावर शेयरीङ्ग गर्नै पर्नेभए सबैलाई मिलाएर अघिबढ्नु पर्ने धारणा राख्नु भएको थियो । उहांले अहिले के.पि. ,प्रचण्ड र माधवका वारेमा आलोचना गर्नेहरु भन्दा उल्टै नेता कार्यकर्ता आलोचना गर्ने र एकले अर्कालाई खुईलाइदिने अभियानमा लागेको बताउनु भएको थियो । यसरी एकले अर्कालाई खुईलाउने अभियानमा लाग्दा अहिले २ वर्ष देखि पार्टी विहिन रहेको संगठन भित्र खोज्दा नेकपा नभएको जस्तो देखीन लागेको धारणा नेता वस्नेतले राख्नु भएको थियो ।

अहिलेको अवस्थामा नेकपाका सबै नेताहरुले पार्टी एकताको पक्षमा उचित निर्णय लिएर अघिबढ्नु नै उत्तम विकल्प रहेकाले त्यसतर्फ सबै नेता कार्यकर्ताहरुले दवाबदिन जरुरी रहेको नेता वस्नेतले बताउनु भयो ।

त्यसैगरी उहांले अहिलेको वर्तमान सरकारले महत्वपूर्ण योजनाहरु अघि बढाईरहदा सरकारले गरेका राम्रा कामहरुको कार्यान्वयन गराउने कार्यकर्ता र कर्मचारीहरु नभएका कारण सरकार लोक प्रिय बन्न नसकेको धारण राख्नु भएको थियो ।

युवा सघं नेपाल नवलपरासीका संयोजक युवराज डुम्रेको संचालनमा भएको उक्त भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी,बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्याल लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.