Jilla Ban Notis

वनसहकारीको अवधारणा बनाएर मौरीचरनक्षेत्रको उचित ब्यवस्थापन गर्न सकिन्छ ः मन्त्री पौडेल

0 54

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२४
मौरीपालक किसानहरुका लागि मौरी चरन क्षेत्रको उचित ब्यवस्थापन गर्न र आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको भुमि ब्यवस्था कृषी एवं सहकारी मन्त्री आरती पौडेलले बताउनु भएको छ । नेपाल मौरीपालन केन्द्रीय सहकारी संघको दशौं वार्षीक साधारण सभाको समुदघाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले उक्त कुरा बताउनु भएको हो । नवलपरासीको बर्दघाटमा भएको उक्त कार्यक्रममा बोल्दै मन्त्रीपौडेलले सामुदायिक वनसंग सहकार्यगरी वनसहकारीको अवधारणा बनाएर मौरीचरनक्षेत्रको उचित ब्यवस्थापन गर्न सकिनेमा जोड दिनु भएको थियो । सामुदायिक वनक्षेत्रमा मौरीका लागि आबश्यक पर्ने चिउरी जस्ता विरुवा र फलफुलका विरुवा रोप्न वानी गरीयो भने त्यसले मौरीपालक किसानहरुलाई सहयोग पुग्ने धारणा राख्नु भएको थियो ।
नेपाल मौरीपालन केन्द्रीय सहकारी संघका अध्यक्ष अर्जुन प्रसाद पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल मौरीपालन महासंघका उपाध्यक्ष देवि दहाल,बर्दघाट नगर कार्यपालिकाका प्रवक्ता एवं वडानं. ४का वडाध्यक्ष रविन्द्र विक्रम हमाल,जिल्ला सहकारी संघका उपाध्यक्ष वृहस्पति अधिकारी लगाएतको सहभागिता रहेको थियो ।
देशका ३५ जिल्लाका मौरीपालक किसानहरुको सहभागिता रहेको सो कार्यक्रममा वोल्ने बक्ताहरुले मौरीपालन ब्यवसाय आफैमा महत्वपूर्ण रहेपनि महको उतिच बजारीकरण र त्यसको उत्पादकत्व लागत कमगर्न तर्फ स्थानियर र प्रदेश सरकारले ध्यानदिन जरुरी रहेकोमा जोड दिएका थिए । उनीहरुले उत्पादन गर्न कुनै समस्या नरहेको तर उत्पादन लागत कमगर्न र बजारीकरण गर्न मुख्य समस्या रहेको गुनासो गरेका थिए ।
नेपाल मौरीपालन केन्द्रीय सहकारी संघमा पहिले १ सय ८ वटा मौरीपालन सहकारी आवद्ध रहेकोमा अहिले ९० वटामा आवद्ध रहेको बताउदै अझैपनि मौरी पालक किसानहरुका लागि उतिच योजना स्थानिय सरकारले अघि नसारे अझै घट्न सक्ने संभावना रहेको अध्यक्ष अर्जुन प्रसाद पोखरेलको भनाई रहेको थियो ।

Leave A Reply

Your email address will not be published.