Jilla Ban Notis

वक्तृत्व कलामा प्रथम छात्रा घिमिरेलाई विद्यालयद्धारा सम्मान ।

0 120

सुनवल,माघ–२५
सुनवल युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुलले छात्रा कृपा घिमिरेलाई सम्मान गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन नवलपरासीको आयोजनामा भएको प्राविधिक, संस्कारिक र गुणस्तरीय शिक्षा हाम्रो पहिचान, राष्ट्रीय शिक्षामा संस्थागत विद्यालयको योगदान शिर्षकमा भएको जिल्ला स्थरीय मा.वि तहको वक्तृत्वकला प्रतियोगितामा प्रर्थम हुन सफल भएकोले छात्रा घिमिरेलाई सम्मान गरिएको प्रिन्सीपल धनराज चापागाईले बताउनु भएको छ ।

विद्यालयको अतिरिक्त व्रिmयाकलाप संयोजक माया गुरुङ्गको सभापतित्व तथा प्रिन्सिपल एव प्याब्सन लुम्बिनी प्रदेशका सचिव धनराज चापागाईको प्रमुख आतित्थ्यतामा भएको सम्मान कार्यव्रmममा बोल्दै प्रिन्सिपल चापागाइले विद्यालयका विद्यार्थीहरुलाई आभर ब्यक्त गर्नु भएको थियो भने विभिन्न क्षेत्रमा आयोजना हुने अतिरिक्त व्रिmयाकलापमा विद्यालको नाम राख्न सफल भएकोमा आभार ब्यक्त गर्नु भएको थियो । धैर्यता, मिहिनेत र निरन्तर प्रयासले गर्दा हरेक क्षेत्रमा विद्यालयका विद्यार्थीहरुले सफलता प्राप्त गरिरहेको चापागाईले बताउनु भयो ।
जिल्लाका १८ वटा संस्थागत विद्यालयको सहभागीता रहेको उक्त कार्यव्रmममा सुनवल युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुल बिजेता बन्न सफल भएको थियो ।

Leave A Reply

Your email address will not be published.