Jilla Ban Notis

लुम्विनी चिनीमिल संचालनमा आउने भएपछि स्थानियहरुले जिल्ला प्रशासनमा ज्ञापन पत्र वुझाए ।

0 16

रमेश भुसाल

सुनवल,माघ ८

लुम्विनी चिनी मिल पुन संचालनमा आउने भएपछि पश्चिम नवलरासी सुनवलका स्थानियहरुले प्रदुषण नियन्त्रण गर्नुपर्ने लागाएतका विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालयनमा ज्ञापन पत्र वुझाएका छन् । विगतका बर्षहरुमा चिनी मिलको प्रदुषणले आक्रान्त वनेका स्थानियहरुले बातावरण प्रदुषण नियन्त्रण संघर्ष समितिनै बनाएका छन् । सघर्ष समितिले चिनि मिलले वातावरणीय र सामाजिक दायित्वनै पुरा नगरी पुन संचालनको तयारी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख सागरमणी पाठकलाई ज्ञापन पत्र वुझाएको हो ।

विं.स २०६३ सालमा लुम्विनी चिनी मिल, तत्कालिन सात राजनितिक दल र स्थानिय सरोकारवालाहरु विच भएको समझदारी को कुनै वास्तै नगरी पुन संचालन गरेको प्रति गम्भिर ध्यनाकार्षण भएको संधर्ष समितिले जनाएको छ । सघर्ष समितिका अनुसार चिनी मिलले प्रदुषण नियन्त्रण नगरेको, चिनीमिलबाट प्रत्यक्ष असर पर्ने क्षेत्रहरुमा समाजिक दायित्व पुरा नगरेको, किसानको भुत्तानी गर्नुपर्ने रकम भुत्तानी नगरेको र विगत दुई बर्ष देखि वन्द रहेको चिनी मिल प्रदुषण नियन्त्रण र प्रत्यक्ष प्रभावित क्षेत्रहरुमा मर्मत सम्भार नै नगरी पुन संचालनमा ल्याएको भन्दै सघर्षका कार्यक्रम अन्तरर्गत ज्ञापन पत्र वुझाएको संघर्ष समितिका संयोजक कृष्ण के.सिले जानकारी दिनुभयो ।

उद्योगको मापदण्ड पुरा गरेर वातावरणीय प्रदुषण नियन्त्रणका उपाय अवलम्वन र उखु कृषकहरुको रकम समेत भुत्तानी गर्ने सुनिश्चतता हुनुपर्ने स्थानियहरुको माग रहेको छ । यथास्थितिमा चिनी मिल सञ्चालन गरे संघर्षका जुनसुकै कार्यक्रमहरु संचालन गर्ने संघर्षसमितिका सचिव जिवन पौडेलले बताउनुभयो । यता लुम्विनी चिनी मिलले भने नयाँ व्यवस्थापनका साथ प्रदुषण नियन्त्रणमा संवेदनशिल हुदै संचालनको तयारीमा रहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.