Jilla Ban Notis

लुम्विनि सुनवल बचत तथा ऋण सहकारीको २३ औं वार्षिक साधारणसभा सम्पन्न

खरेलको अध्यक्षतामा पुनःसञ्चालन समिति गठन

0 38

कृष्ण पोखरेल
भुमहि,मंसीर –२०
लुम्विनि सुनवल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनवल–१२ भुमहिको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लेखनाथ खरेलको अध्यक्षा र बचत तथा ऋण सहकारी संस्थाका केन्द्रीय सदस्य सन्दीप सापकोटाको प्रमुख आतिथ्यतामा २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
लुम्विनि सुनवल बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभालाई सम्बोधनगर्दै बचत तथा ऋण सहकारी संस्थाका केन्द्रीय सदस्य सन्दीप सापकोटाले सहकारीमा लागेका सदस्यको जिवनस्तरमा सुधार आएको बताउंदै त्यसको पनि मापदण्ड बनाउनु पर्ने आवश्यता रहेकोमा जोड दिनु भएको थियो । उहांले सहकारीले भोग्नु परेका व्यवहारी तथा प्राविधिक समस्या समाधान गर्दै वित्तिय समस्याको समाधानका लागि नेप्सुन कटिवद्ध रहेको बताउनु भएको थियो ।

सहकारीका उपाध्यक्ष उमाकान्त पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा जिल्ला सहकारी संघ नवलपरासी पश्चिमका जिल्ला सचिव चण्डी प्रसाद पाण्डे लगाएतले आ–आफ्ना भनाई राख्नु भएको थियो भने सचिव तारा आचार्यको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा दुई सहकारी संस्थाको मर्जका लागि आवश्यक लचकता र सहयोग गरेको भन्दै तत्कालीन सुनवल बचत तथा ऋण सहकारी संस्था लिमीटेडका अध्यक्ष चण्डी प्रसाद पाण्डे, लगाएत तत्काली दुई सहकारीमा आवद्ध सदस्यहरु रेशम प्रसाद शर्मा, शान्ता भण्डारी, दिनेश गुरुङ, कर्ण बहादुर दमाई, शुनिता बराल, नवराज श्रेष्ठ, जमुनादेवी भुषाल, नारायण प्रसाद लामाछानेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष लेखनाथ खरेल, सचिव तारा आचार्यले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लालु प्रसाद पौडेलले ९१ करोड ५९ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो । गत आर्थिक वर्षमा सहकारीले ७६ करोड ३२ लाख ७१ हजार ९८१ मुल्य बराबरको कारोबार गरेको छ भने ६२६३ जना शेयर सदस्य रहेका छन । दुई सहकारी मर्जसँगै साउन १ गतेदेखी एकल सदस्यको कारोबार गरेको सुनवल लुम्विनि बचत तथा ऋण सहकारी पश्चिम नवलपरासीको सवैभन्दा धेरै कारोेबार गर्ने ठुलो सहकारी भएको छ । सहकारीको प्रद्यान कार्यालय सुनवल नगरपालीको वडा नं। १२ भुमहीमा रहेको छ भने मुख्य सेवा केन्द्र वडा नं। ४ सुनवलमा रहेको छ ।

सञ्चालक समिति गठन ।

लुम्वीनी सुनवल बचत तथा ऋण सहकारीको २३ औं वार्षिक साधारण सभाले सहकारीको सञ्चालक समितिको अध्यक्षतामा लेखनाथ खरेललाई सर्वसम्वत चयन गरेको छ । । त्यसैगरी उपाध्यक्षमा द्धय उमाकान्त उपाध्यक्ष र विष्णु प्रसाद अर्याल, लाई चयन गरेको छ भने सचिवमा तारा आचार्य र सहसचिवमा भुवनेश्वर प्रसाद चौधरी तथा कोषाध्यक्षमा लालु प्रसाद पौडेललाई निर्विरोध चयन गरेको छ । बांकी सदस्यको पनि सहमतिमै टुँगो लगाउने प्रयास भैरहेको निर्वाचन मण्डलका संयोजक जिल्ला सहकारी संघ नवलपरासी पश्चिमका जिल्ला सचिव चण्डी प्रसाद पाण्डेले जानकारी दिनुभएको छ।

Leave A Reply

Your email address will not be published.