Jilla Ban Notis

लुम्बिनी बुद्धिज्मको लागि विश्वग्रामको रुपमा विकास भईरहेको छ ः मुख्यमन्त्री पोखरेल

0 43

कृष्ण ढकाल/नरेश के.सी.

जेष्ठ–१२
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी बुद्धिज्मको लागि विश्वग्रामको रुपमा विकास भईरहेको बताउनु भएको छ। उहांले लुम्बिनीका विहार र गुम्बाले उक्त कुरा पुष्टि गरेको मुख्यमन्त्री पोखरेलले बताउनु भयो ।
२५६५ औं बुद्धजयन्तीका अवसरमा आज लुम्बिनीमा २५६५ वटा दीप प्रज्वलन र परित्राण पाठको शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले उक्तकुरा बताउनु भएको हो ।
उहांले लुम्बिनी सरकारको उच्च प्राथमिकतामा , योजना अनुसारका काम सम्पन्न गर्न बजेटको सुनिश्चता समेत भईसकेको बताउनु भएको थियो। त्यस्तै लुम्बिनीको पवित्रता विश्वभर फैलिदै गएकोले संसारका मानवजातिको कल्याणको लागि लुम्बिनी क्षेत्र स्थापीत भइरहेको उहांको भनाई थियो।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाको सभापतित्व तथा सदस्यसचिव सानुराजा शाक्यको सन्चालन र लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख अतिथ्यतामा बुद्धजयन्ती मनाईएको थियो।

कार्यक्रममा प्रधानमन्त्री के.पी शर्मा ओलिको भिडीयो सन्देश र सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको शुभकामना सन्देश बाचन गरीएको थियो ।
त्यसैगरी लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले अत्यन्तै दुर्लभ दिनको रुपमा रहेको बैशाख पुर्णिमाको मह्त्व अत्यन्तै उच्च रहेको बताउनु भयो। उहांले कोभिडले तहसनहस बनाईरहेको विश्वको मानवजगतमा धैर्यता कायम गर्न बुद्धबचन सहयोगी हुने धारणा समेत राख्नु भएको थियो।

कोभिडको कारण स्वास्थ्य मापदन्ड अपनाउदैं लुम्बिनी स्थित मायादेवि मन्दिरको परिसरमा लुम्बिनीका बिहार र गुम्बाका गुरुहरुको मन्त्रोच्चारण सहित सम्पन्न कार्यक्रममा लुम्बिनी विकास कोषका तर्फबाट भिक्षुहरुलाई संघदान समेत गरिएको थियो ।

उक्त कार्यक्रम पश्चात गौतमबुद्ध फलफुल बाटिकामा विभिन्न प्रजातिका फलफुलका विरुवा समेत रोपिएको छ । उक्त बाटिकामा २५ हजार फलफुलका विरुवा रोपिने कार्यक्रम रहेको छ । मुख्यमन्त्री पोखरेलले आपको विरुवा रोपेर उक्त कार्यक्रमको थालनी गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.