Jilla Ban Notis

लिपुलेखमा भारतिय पक्षद्धारा सडक निर्माण गरिएको बिरुद्धमा अनेरास्ववियु नवलपरासीद्धारा विरोध प्रर्दशन ।

0 26

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२९
लिपुलेख क्षेत्रमा नेपालको भुमी प्रयोग गरि एकपक्षीय रुपमा भारतिय पक्षद्धारा सडक निर्माण गरिएको बिरुद्धमा आज नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु नवलपरासीले परासीको बुद्ध चोकमा विरोध प्रर्दशन सम्पन्न् गरेको छ । कालोपट्टि बानेर सामाजिक दुरी कायमगर्दै सहभागि भएका विद्यार्थी नेताहरुले गो व्याक ईन्डिया, कालापानी, लिपुलेक, लिम्पयाधुरा नेपालको हो लगाएतका नारा लेखिएका प्लेकार्ड समेत प्रर्दशन गरेका थिए । त्यसैगरी उनीहरुले बुद्ध चोकमा नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला दहन समेत गरी विरोध प्रर्दशनको कार्यक्रम सम्पन्न् गरेका छन् ।
विरोध कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रिय सदस्य अमित खड्काको प्रमुख आतिथ्यता जिल्ला संयोजक शुसान्त शर्मा घिमिरेको अध्यक्षता र सह संयोजक विशाल गिरिको संचालन रहेको उक्त विरोध प्रर्दशन कार्यक्रममा अनय विद्यार्थी नेताहरु समेत सहभागि रहेका थिए । सो क्रममा बोल्दै उनीहरुले सरकारले तत्कालै कुटनैतिक पहल मार्फत सिमा विवाद समाधान गर्न पनि माग गरेका थिए । उनीहरुले
भारतको हेपाह प्रवृत्ति कदापि सैह्य नहुने चेतावनी दिदै नेपाली भुमिको रक्षा गर्न जस्तो सुकै मुल्य चुकाउन पनि नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु तयार रहेको बताएका थिए ।उनिहरुले भारतले पहिले सिमा मिचेर नक्सा सार्वजनिक गर्नु र अहिले सडक नै नेपाली भुभाग हुदै खन्नुले हस्तक्षेपको चरम सिमा नाघेकाले सरकारले यथासिघ्र कडा कदम चाल्न जरुरी रहेको बताएका थिए ।

Leave A Reply

Your email address will not be published.