Jilla Ban Notis

लायन्स क्लब अफ नवलपरासी दाउन्नेद्धारा चित्रकला प्रतियोगिता सम्पन्न् ।

0 386

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२७
लायन्स क्लब अफ नवलपरासी दाउन्नेले शनिवार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न् गरेको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने पश्रिमीको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको प्रतियोगितामा न्यू लाईफ माबि बर्दघाटले प्रथम र द्धितिय स्थान आसिल गर्न सफल भएको छ भने होलि एन्जल ई.बो. स्कूल बर्दघाट–७ जिमिरेभारले तृतिय स्थान हाँसिल गर्न सफल भएको थियो ।

नगरका १९ बिद्यालयका ३८ विद्यार्थीहरुले सहभागिता जनाएको उक्त प्रतियिोगिताको समय तिन घण्टाको रहेको थियो भने निर्णायकमा प्रध्यापक कृष्णबन्धु पौडे,मणी पाण्डे र सृजना श्रेष्ठ रहनु भएको थियो ।

चित्रकला प्रतियोगितीमा प्रथम , द्धितिय र तृतिय स्थान हाँसिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार तथा मेडल वितरण गर्दै बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने पश्रिमीले प्रतियोगितामा भाग लिएका सबै बिद्यार्थीहरुका चित्रहरु निक्कै राम्रा र अर्थपूर्ण रहेको बताउनु भएको थियो । बिद्यार्थीहरुको प्रतिभालाई माझन्का लागि बेला–बेलामा हरेक प्रकारका प्रतियोगिताहरु राख्न जरुरी रहेकोमा जोड दिनु भएको थियो । बिद्यार्थीका सृजनाहरुको जती कदर गर्न सक्यो उनीहरु त्यतीनै माझीएर आउने भन्दै बिद्यार्थीलाई शिक्षकहरुले सान्तोना दिईने रहनु पर्नेमा जोड दिनु भएको थियो ।

लायन्स क्लब अफ नवलपरासी दाउन्नेका अध्यक्ष भिम प्रसाद सुवेदी (मनोज)को अध्यक्षतामा भएको उक्त प्रतियोगितामा लायन्स क्लब अफ नवलपरासीका जोन चियर पर्सन कमला शर्मा (बस्याल) पर्शुराम उपाध्याय,शिव कुमारी भट्टराई,सुर्वण नयौपाने लगाएतले आफ्ना भनाईहरु राख्नु भएको थियो ।
यज्ञ प्रसाद पौडेलको संयोजन तथा स्वागत मन्तब्यवाट शुरु भएको विद्यालय स्तरीय चित्रकला प्रतियोगिताको संचालन युबराज खत्रीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.