Jilla Ban Notis

लायन्स र लियो क्लवको संयुक्त आयोजनामा बर्दघाटमा वृक्षारोपण ।

0 18

बर्दघाट,श्रावण–११
लायन्स क्लब अफ नवलपरासी दाउन्ने र लियो क्लव अफ नवलपरासीको संयुक्त आयोजनामा आज एक कार्यक्रमका विच वृक्षारोपण कार्य सम्पन्न् भएको छ । क्लबका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बश्यालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको थियो । पारिजात सामुदायिक वनक्ष्ँेत्रको मर्चाघोलामा उक्त बृक्षारोपण कार्यगरीएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुख वस्यालले क्लवले सामाजिक कार्यमा आफ्नो पहिचानलाई अब्बल बनाईरहेका वेला अझबढी सक्रिय भएर लाग्न जरुरी रहेको बताउनु भएको थियो ।
सो अवसरमा लियो क्लब र लायन्स क्लवका पद्याधिकारीहरु लगाएत पारिजात वनका अध्यक्ष चुडामणी भन्डारी लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.