Jilla Ban Notis

लायन्स कल्ब अफ नवलपरासी दाउन्ने द्धारा अनाथ बिद्यापिठलाई खाद्यान्न सामाग्री प्रदान ।

0 35

फूलकुमारी ढकाल
बर्दघाट,श्रावण–३१
लायन्स कल्ब अफ नवलपरासी दाउन्नेले आज एक कार्यक्रमका विच अहिंशाबादी महाबौद्द अनाथ बिद्यापिठलाई खाद्यान्न सामाग्री प्रदान गरेको छ । प्रदेश नं. ४ को दाउन्नेमा रहेको अहिंशाबादी महाबौद्द्ध अनाथ बिद्यापिठमा बस्दै आईरहेका बाल–बालिकाहरुका लागि सहयोग होस् भनेर खाद्यान्न सामाग्री प्रदान गरीएको लायन्स कल्ब अफ नवलपरासी दाउन्नेका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनु भएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै आईरहेको लायन्स कल्ब अफ नवलपरासी दाउन्नेले दाउन्नेमा रहेका अनाथ बालबालिकाहरुलाई खाद्यान्यको समस्या रहेको बुझिएकाले आफुहरुले सो खाद्यान्नय सहयोग गरेको लायन्स कल्ब अफ नवलपरासी दाउन्नेका सचिव भिम सुवेदी ुमनोजुले जानकारी गराउनु भएको छ ।
कल्बका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षता र डिस्टिक ३२५ बि.टू.का डिस्ट्रीक कोर्डिनटर श्याम कुमार बस्यालको प्रमुख आतिथ्यतामा उक्त खाद्यान्न सामाग्री प्रदान कार्यक्रम सम्पन्न् भएको थियो । कार्यक्रममा बिशिस्ट अतिथिका रुपमा बिनयी त्रीवेणी गा।पा।,नवपुर वडा २ का वडा अध्यक्ष बिश्नु प्रसाद ढकाल , रिजन चियर पर्सन डिल्लिराज पान्डे,जोन चियर पर्सन युबराज डुम्रे लगाएतको उपस्थिती रहेको थियो ।
रमेश श्रेष्ठले संयोजक गर्नुभएको उक्त कार्यक्रमको संचालन सचिव भिम सुवेदी ुमनोजुले गर्नु भएको थियो । सोअवसरमा बोल्ने बक्ताहरुले अहिंशाबादी महाबौद्द अनाथ बिद्यापिठलाई खाद्यान्न सामाग्री प्रदान गर्ने अवसर पाएकोमा खुशि ब्यक्तगरेका थिए । सोही अवसरमा कल्बका नयाँ मनोनीत कार्यसमितिहरुलाई सम्मान समेत गरिएको सचिव भिम सुवेदी ुमनोजुले जानकारी गराउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.