Jilla Ban Notis

लागुऔषध सहित एकजना पक्राउ ।

0 22

सुस्ता,चैत्र २३
लागुऔषध सहित प्रहरीले एकजनालाई नपलपरसीको सुस्ता गाउँपालिका वडा नम्बर ३ बलुवाटोलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुस्ता २ गुँदरीयाका रंगलाल गुप्ता रहेका छन् । लागुऔषध सहित पक्राउ परेका गुप्तालाई ईलाका प्रहरी कार्यालय बेलाटारीको जिम्मा लगाईएको विओपी सुस्ताका शसस्त्र प्रहरी निरिक्षक उत्तम सिलवालले बताउनुभयो । गुप्ता संगै मोटरसाईकलको पछाडि बसेका बर्ष ४६ का पन्नालाल विन भने आफ्नो साथमा रहेको लागुऔषध छोडेर फरार भएका छन् । गुप्ता र विन लकडाउनको समयमा पनि भारतिय मोटरसाईकल यूपी ५७ आर ८२७१ नम्बरको मोटरसाईकलमा बलुवा देखी प्रतापपुर गाउँपालिका वडा नम्बर ८ फट्कीटोला तर्फ जादै गर्दा प्रहरीले शंका लागि चेकजाँच गर्दा झोलामा बोकीराखेको अवस्थामा लागुऔषध बरामद भएको बताईएको छ ।  प्रहरीले ५७६ पिस विनस्पास्मो, ओनेरेक्स ८ वोतल, वुप्रेनोफ्रिन ९ एम्पुल, प्रामेथाजिन ९ एम्पुल, ओजास्पाम १ पिस, २ सय एम एल को सिरिञ्ज, नेट्राजेपाम ट्याब्लेट १० पत्ता, भिभो स्मार्ट मोाईल १ थान र नगद २३ हजार २ सय ५० रुपैयाँ बरामद गरेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.