Jilla Ban Notis

लागुऔषध तथा कोरोना भाईरस न्यूनिकारण सम्बन्धी सचेनामुलक कार्यक्रम सम्पन्न ।

0 21
गौरीशंकर जयसवाल
परासी ,फागुन २४
पश्चिम नवलपरासीमा  लागु औषध तथा कोरोना भाईरस न्यूनिकारण सम्बन्धी सचेनामुलक कार्यक्रम सम्पन्न भएको छ । शानिबार परासीमा रामग्राम नगरपालिकाको आर्थिक सहयोग तथा बहुउदेश्यीय ग्रामीण बिकास सोसाईटीको आयोजनामा लागु औषध तथा कोरोना भाईरस न्यूनिकारण सम्बन्धी सचेनामुलक कार्यक्रम सम्पन्न भएको हो । लागु औषध तथा कोरोना भाईरस न्यूनिकारण सम्बन्धी सचेनामुलक कार्यक्रम आर्दश माध्यमिक बिद्याललयका बिद्यार्थीहरुलाई लक्षित गरी संचालन गरी गरिएको बहुउदेश्यीय ग्रामीण बिकास सोसाईटीका अध्यक्ष सञ्जय कुमार कर्णले जानकारी दिए । बहुउदेश्यीय ग्रामीण बिकास सोसाईटीका अध्यक्ष सञ्जय कुमार कर्णको अध्यक्षतामा तथा रामग्राम नगरपालिकाको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा बोल्दै नगरप्रमुख गुप्ताले बिशेष गरी हच्छुयु गर्दा श्वासप्रश्वास तथा हात मिलाउँदा संक्रमित व्यक्तिबाट एक अपासमा रोग सर्न  हुदाँ सावधानी अपनाउनु पर्नेमा आवश्यकता रहेको बताए ।  उनले परासीक्षेत्र सिमावर्ती क्षेत्रसंग जोडिएकोले लागु औषध तथा अहिले भारतमा देखिएको कोराना भाईरस संक्रमण न्यूनिकारण गर्न  नगरभित्र रहेका सबै संघसंस्था सचेत हुन आम मानिस  र नगरबासीहरुलाई अनुरोध गरेका थिए । कोरोना भाईरस बाट बच्ने  र रोग लाग्नु भन्दा नलाग्न ध्यान दिने भन्ने बारेमा  वडाहरुमा सचेतनामुलक कार्यक्रम संचालन गर्न लागेको बताए । कार्यक्रममा सिदाथनगर नगरपालिकाका सामाजिक शाखा प्रमुख शेरनाथ पन्थीले  आर्दश माध्यमिक बिद्यलायका बिद्यार्थीहरुलाई लागु औषध फस्को मानिसहरुलाई कसरी त्यसबाट निकाल्ने र  कोरोना भाईरसबाट कसरी बाच्नेबारेमा प्रशिक्षण दिएको तुल्सी पराजुलीले जानकारी दिए । आर्दश माध्यमिक बिद्यलायका ६० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।  कार्यक्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुवँर ,नगरपालिकाका कार्यपालिका सदस्य रोशन कुमार साह,आर्दश माविका प्रध्यानध्यपक अरबिन्द्र कुमार पाठक लगायतले मन्तव्य राखेका थिए ।

Leave A Reply

Your email address will not be published.