Jilla Ban Notis

लघु बित्त र मिटर ब्याजीको चर्काे शोषणको प्रतिकार गर्न मोर्चाको आब्हान

0 117

रवि पाण्डे
बर्दघाट,भदौ–२६
नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले लघु बित्त र मिटर ब्याजीको चर्काे शोषणको प्रतिकार गर्न पीडितसंग आब्हान गरेको छ । मोर्चाले जिल्लाका बिभिन्न गाउँ गाउँमा शुरु गरेको लघुबित्त तथा मिटर ब्याज पिडितहरुसंग अन्तरक्रिया कार्यक्रमको अवसरमा संर्घष्णको आब्हान गर्दै उक्त चेतावनी दिएको हो ।

आईतवार बर्दघाट–७ जिमिरेभारमा लघुबित्त तथा मिटर ब्याज पिडितहरुसंग अन्तरक्रियामा बोल्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष चुडामणी भण्डारीले लघु बित्तले गाउँका सोझा विपन्न महिलाहरु माथि आर्थिक शोषण मात्र नभई दुब्र्यवहार गरेकोले उक्त ज्यादतीको भण्डाफोर गर्न आफूहरु जनता माझ आएको बताउनुभयो ।

उहाँले बिभिन्न नाममा खुलेका लघु बित्तको चक्रीय ब्याजबाट मुक्ति पाउन लागि बाटो खोजिरहेका पीडितहरुको साहसबाट आफू निकै प्रभावित भएको बताउदै लघुबित्त कम्पनीले लिने चर्काे ब्याजले आजित भएर त्यहाँका कर्मचारीहरुबाट भएको दुब्र्यवहारको प्रतिवाद गरेको प्रति महिलाहरुलाई धन्यवाद समेत दिनुभयो । उहाँले कुनै पनि अत्याचारका बिरुद्ध संगठित रुपमा प्रतिकार गर्नुपर्ने उल्लेख गर्दै लघु बित्त कम्पनी वा कुनै पनि जनबिरोधी कार्य गर्ने शोषकबाट आएको धाकधम्कीको आफूहरुले प्रतिकार गर्ने चेतावनी दिनुभयो ।

कार्यक्रम क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेय र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) पश्चिम नवलपरासीका संयोजक सुर्य प्रसाद सापकोटा समेत मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा पीडितहरुले लघु बित्त कम्पनीका एजेन्टहरुले आफ्नो गरगहना समेत लगेको भन्दै गुनासो गरेका थिए । उनीहरुले न्यायका लागि आफूहरुलाई साथ दिने कोही पनि नभएकोले भौतारिनु परेको समेत बताएका थिए ।
अन्तक्रिया कार्यक्रम लिला चौधरीको अध्यक्षतामा ४५ सदस्सीय देशभक्त जनगणतान्त्रिक मोर्चा जिमिरेभार ईकाई समिति गठन गरिएको छ ।

ईकाई समितिको उपाध्यक्षमा जित कुमारी चौधरी, सचिवमा मिना कंबर, सहसचिवमा खगीकुमारुी थारु, कोषाध्यक्षमा अमीना बेगम र सदस्यहरुमा जानकी थारु ,बेचनी थारु, चिनिकी चौधरी, फैजुन निशा, ईन्द्र कुमारी चौधरी,सोनी थारु,रुपा चौधरी, अनिता थारु,संगिता थारु,अमरावती यादव, रुपवती यादवललगायत रहनुभएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.