Jilla Ban Notis

लघुवित्त वित्तीय संस्था विरुद्ध बर्दघाटमा विरोध प्रर्दशन ।

0 403

कृष्ण ढकाल
बर्दघाट,भदौं–२९

लघुवित्त वित्तीय संस्थाहरूले विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाएर मनोमानि तरीकाले रकम असुल गरेको भन्दै आज नवलपरासीमा विरोधर्याली निकालिएको छ ।

लघुवित्त संस्थाहरुले लगाएको सामुहिक ऋण मिनाहा गर्नु पर्ने मागसहित नवलपरासीको बर्दघाट बजारमा प्लेकार्ड सहित नाराबाजी गर्दै विरोध र्याली गरेका थिए ।

सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न भनि विना धितो दिने ऋणमा लघुवित्त वित्तीय संस्थाहरू नवशामन्तीका रुपमा स्थापीत हुन लागेको भन्दै उनीहरुले सरकारसंग खारेजीको माग समेत गरेका थिए ।

लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिकी बर्दघाट नगर संयोजक धनमाया तामाङ्गको नेतृत्वमा बस पार्कवाट शुरुभएको उक्त विरोध र्याली बर्दघाट बजारमा पुगेर कोण सभामा परिणत भै समापन भएको थियो ।

Leave A Reply

Your email address will not be published.