Jilla Ban Notis

लक डाउनको मौका छोपेर नारायणी नदिवाट खोलाजन्य वस्तुको चोरी निकासी ।

0 26

सुस्ता,बैशाख–१९

लक डाउनको मौका छोपेर सुस्ता–३, रेवारेता र बिनयी त्रिबेणि–७ को सिमानासंग जोडिएको नारायणी नदिवाट खोलाजन्य वस्तुको चोरी निकासी भएको छ । कोरोना भाईरसको संक्रमण वाटवच्नका लागि भारतसंगका सिमानाका र अन्यक्षेत्रहरुमा कडाई गरीरहेका वेला सुस्ता–३, रेवारेता र बिनयी त्रिबेणि–७ को सिमानासंग जोडिएको नारायणी नदिवाट रातीको समयमा खोलाजन्य वस्तुको चोरी निकासी भने रोकिएको छैन । गएराती पनि नदि जन्य गिट्टी–बालुवा चोरी गर्दै गरेको ट्याक्टरलाई सिमानाकामा खटिएका शस्त्र प्रहरी बलले नियन्त्रणमा लिन जाँदा स्थानियले प्रतिकार गरेको बताईएको छ । करिब ३० जनाको संख्यामा रहेका स्थानीयहरुले ढुङ्गामुढा गर्दा शस्त्र प्रहरी बल नेपाल बोर्डर आउट–पोस्ट बिनयी त्रिबेणि शस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब निरीक्षक गोबिन्द ढकाललाई दाहिने हातमा सामान्य चोट लागेको बताईएको छ ।
सशस्त्र प्रहरी नायब निरीक्षक ढकाललाई चोट लागेपछि थप शस्त्र प्रहरी कमान्डहरु र जरलैया युवा क्लबको सहयोगमा ढुङ्गामुढा गर्ने २ जना युवासहित लु ४ त २२१५ नं.कोटयाक्टर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकोमा सुस्ता–३ रेवा रेता बस्ने हिरा केवटको टयाक्टर र ढुङ्गामुढा गर्ने रेवारेता बस्ने बर्ष १८ का तुफानी केवट र सोही स्थानमा बस्ने बर्ष २० का श्यामलाल केवट रहेका छन् ।
नियन्त्रणमा लिएको ट्याक्टर र द्धयकेवटलाई ईलाका प्रहरी कार्यालय बिनयी त्रिबेणिलाई जिम्मा दिएको छ । थप सुरक्षा परिचालन गरि सामान्य घट्नादेखि तस्करी नियन्त्रण सम्म अहोरात्रगरि अहम भुमिका निभाउने सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बिनयी त्रिबेणिका सशस्त्र प्रहरी निरीक्षक तेज बहादुर ठकुरीले बताएका छ्न ।

Leave A Reply

Your email address will not be published.