Jilla Ban Notis

लक डाउनका कारण छुटको ब्यवस्था गर्यो सुपर साकोसले ।

0 150

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१४
सुपर साकोस बर्दघाट–२ चिसापानीको आज बसेको कार्यसमितिको १३७ औं बैठकले केहि महत्वपूर्ण निर्णयहरु गरेको छ । आजको बैठकले साकोसका शेयरसदस्यहरुले लिएको ऋणका विषयमा गम्भिरछलफलगरी केहि महत्वपूर्ण निर्णयहरु गरेको साकोसका अध्यक्ष विष्णु वस्नेतले जानकारी गारउनु भएको छ । संस्थाका अध्यक्ष वस्नेतको अध्यक्षयतामा वसेको बैठकले अहिलेको लक डाउनको समयमा(वन्दा वन्दी) संस्थावाट ऋण लिएका र भुक्तानी गर्नुपर्ने ऋणीहरुले भुक्तानी ऋणको ब्याज लकडाउन सकिएको १५ दिन भित्र तिरेमा ऋणको ब्याजमा १० प्रतिशत छुटदिने निर्णय गरेको संस्थाका अध्यक्ष विष्णु वस्नेतले जानकारी गराउनु भएको छ । त्यसैगरी १ महिना भित्र ब्याज र किस्ता भुक्तानी गरेका हर्जाना नलाग्ने समेत निर्णय भएको छ भने ऋणको ग्रेस अवधि अधिक्तम ६ महिना सम्म थपगर्ने निर्णय समेत आजको वैठकले गरेको अध्यष वस्नेतले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.