Jilla Ban Notis

रुपन्देहीको देवदहमा जिल्ला स्तरीय आठौ सगरमाथा अन्तर माध्यमिक विद्यालय रनिङ्ग शिल्ड बक्तृत्वकला प्रतियोगिता सम्पन्न।

0 39

गोविन्द घर्ति

देवदह,माघ ३

रुपन्देहीको देवदहमा जिल्ला स्तरीय आठौ सगरमाथा अन्तर माध्यमिक विद्यालय रनिङ्ग शिल्ड बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सगरमाथा आवासीय माध्यमिक विद्यालयको आयोजनामा आफनै माटो आफनै पहिचान, आर्थिक समृद्धि अवको अभियान शिर्षकमा बक्तत्वकला प्रतियोगिता सम्पन्न भएको हो । १९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा अन्नपूर्ण बोडिङ्ग स्कुल सुनवल–७, का सम्झना सुवेदी प्रथम भएको छ । प्रथम भएसंगै अन्नपूर्ण बोडिङ्ग स्कुलले लगातार ३ बर्ष विजेता बन्दै रनिङ्ग शिल्ड कव्जा गरेको छ । प्रतियोगितामा कान्ति माध्यमिक विद्यालय बुटवलका दिपिका घिमिरे द्धितिय, दिप बोडिङ्ग स्कुल बुटवलका ग्रिष्मा पोखरेल तृतिय, प्यारा माउण्ट बोडिङ्ग स्कुलका दिपिका पाण्डे र मदरटङ्गस एकेडेमी देवदहका लक्ष्मी अधिकारी सान्तवना भएको छ । प्रतियोगिताका प्रथम हुनेले ५ हजार, द्धितिय हुनेले ४ हजार, तृतिय हुनेले ३ हजार र सान्त्वना हुने २ जनाले २÷२ हजार प्राप्त गरेको छ । प्रतियोगिताका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्दै देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले शिक्षालाई केन्द्रमा राखेर शिक्षा निती निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाले शैक्षिक ज्ञानलाई व्यहारमा उर्तान सकेमात्र देश समृद्धि तर्फ अगाडि बढ्ने हुदा अवको शिक्षा प्राविधिक र व्यवहारिक हुनु पर्नेमा जोड दिनु भयो । उहाले दक्ष जनशक्ति उत्पादनले मात्र देश समृद्धि बन्ने बताउदै प्राविधिक र व्यवहारिक शिक्षा प्रदान गर्न सवै लाग्नु पर्नेमा जोड दिनु भयो । सोही अवसरमा बोल्दै रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले आर्थिक समृद्धिको लागि प्राविधिक र व्यवहारिक शिक्षाको आवश्यक रहेको बताउदै सरकारले सोही अनुसार शिक्षा निती निर्माण गर्नुपर्ने बताउनु भयो । उहाले शिक्षाको विकासले मात्र आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिनु भयो । उहाले अहिलेको शिक्षा पद्धतिलाई परिवर्तन गर्न आवश्यक रहेको औल्याउदै निजी, सहकारी र सरकारी लगानीले मात्र प्राविधिक शिक्षा प्रदान गर्न सकिने बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरानिसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रार्चाय कृष्णप्रसाद पौडेल, देवदह–७, का वडाअध्यक्ष पदम थापा, एन प्याव्सन रुपन्देहीका पुर्व अध्यक्ष देउप्रकाश राई, प्याव्सन रुपन्देहीका उपाध्यक्ष एकनारायण काप्mले, एन प्याव्सन रुपन्देहीका सचिव वावुराम बन्जाडे लगायतले आ–आफना भनाई राख्नु भएको थियो । प्रतियोगितामा डा. शिवप्रसाद पौडेल र डा. धनश्याम न्यौपानेले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो । विद्यालयका सहायक प्रार्चाय लेखनाथ काप्mलेको स्वागत र शिक्षक प्रदिप अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.