Jilla Ban Notis

रास्ट्रपति रनिङ्गशिल प्रतियोगितामा भागलिन खेलाडीटोली दाङ्ग तर्फ प्रस्थान

0 62

कृष्ण ढकाल
बर्दघाट,असार–२३

लुम्बिनी प्रदेशको राजधानी दाङ्ग मा भोलि देखि हुने रास्ट्रपति रनिङ्ग शिल प्रतियोगितामा भाग लिनका लागि पश्चिम नवलपरासी जिल्लावाट ८० जनाको खेलाडी टोली आज दाङ्ग तर्फ प्रस्थान गरेको छ ।

बिभिन्न ५ बिद्याका महिला तथा पुरुष खेलाडीहरुसंगै सम्वन्धित खेलका टोली नेता र प्रशिक्षकहरुलाई आज जिल्ला खेलकुद बिकास समिति नवलपरासीका नब नियुक्त अध्यक्ष रितमान कामु मगरले खादा र अविर लगाएर विदाई गर्नु भएको छ ।

रास्ट्रपति रनिङ्ग शिल प्रतियोगिताका लागि नवलपरासी जिल्लाका बिभिन्न विद्यालयहरुवाट छनौट भएका खेलाडीहरुको मनोवल प्रदान गर्नका लागि जिल्ला खेलकुद् विकास समितिले एक कार्यक्रमको आयोजना गरी खेलाडीहरुको विदाई गरेको थियो ।

जिल्ला खेलकुद बिकास समितिका कर्यालय प्रमुख ऋषि राम पौडेलको अध्यक्षता र जिल्ला खेलकुद बिकास समितिका नब नियुक्त अध्यक्ष रितमान कामु मगरको प्रमुख आतिथ्यतामा विदाई कार्यक्रम सम्पन्न् भएको थियो । सो अवसरमा जिल्ला समितिका अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

नवलपरासी जिल्लावाट कराँते खेलका महिला तथा पुरुष खेलाडी,भलिबल खेलका महिला तथा पुरुष खेलाडी ,तेक्वान्दो खेलका महिला तथा पुरुष खेलाडी, एथलेटिक्स खेलाडी ,कबड्डी महिला तथा पुरुष खेलाठीहरुको सहभागिता रहेको अध्यक्ष कामुले जानकारी गराउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.