Jilla Ban Notis

राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको प्रथम पूर्ण बैठक सम्पन्न् ।

0 110

कृष्ण ढकाल
बर्दघाट,भदौ–४

राष्ट्रि युवा संघ नेपाल नवलपरासीको प्रथम पूर्ण बैठक आज गोपिगञ्जमा सम्पन्न् भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष्ँ तथा प्रदेश कमिटि सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त बैठकमा राष्ट्रि युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष्ँ तथा प्रदेश ईन्चार्ज सुमन पुरी ,केन्द्रिय कमिटि सदस्य रमेश पौडेल,केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज प्रितम पौडेल ,दामोदर पाण्डे,विश्वबन्धु पोखरेल,ईश्वर कोईराला लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

राष्ट्रि युवा संघ नेपाल नवलपरासी जिल्ला सम्मेलन आयोजक कमिटिका संयोजक राम बहादुर भण्डारीको अध्यक्षता,गंगाा पाठकको स्वागत मन्तब्य र सह–संयोजक ज्ञान प्रसाद पाठक (सन्तोष)को संचालनमा भएको उक्त बैठकमा जिल्लाका सातवटै पालिकाको अहिले सम्मको रिपोटिङ्ग भएको थियो ।

त्यसैगरी ३१ सदस्य राष्ट्रि युवा संघ नेपाल नवलपरासी जिल्ला सचिवालय गठन गर्ने देखि अहिले सम्म वडास्तरमा राष्ट्रि युवा संघको कमीटी गठन गर्न बांकी रहेका स्थानहरुमा कमिटीगठन गर्न उत्प्रेरकका रुपमा थप सदस्यहरुलाई जिम्मा दिएर खट्न निर्देशन गरेको छ ।

राष्ट्रि युवा संघ नेपालको केन्द्रिय सर्कुलर अनुसार भदौ १० गते भित्र वडा कमिटी गठन गरिसक्नुपर्ने भएकाले जिल्लाले थप उत्प्रेरक पठाएर समयमा नै काम सक्नका लागि सो निर्णय गरेको जिल्ला संयोजब राम बहादुर भण्डारीले बताउनु भएको छ ।

आज भएको राष्ट्रि युवा संघ नेपाल नवलपरासीको प्रथम पूर्ण बैठकमा बोल्दै पार्टीका जिल्ला अध्यक्ष अधिकारीले देशलाई समृद्धिको बाटोतर्फ लैजाने कुनै एजेन्डा नभएको पाटिले अहिले सरकार संचालन गरेका कारण देशकन्गाल हुन थालेको बताउनु भएको थियो । उहांले अहिले अपवित्र गठबन्धन बनेर चलेको सरकारका कारण देशको ढुकुटि रित्याएको उहांले आरोप लगाउनु भएको थियो ।
त्यसैगरी ६ जना मन्त्रीले चलाएको लुम्बिनी प्रदेश सरकारलाई अहिले १७ जनामन्त्रि बनाएर प्रदेशको ढुकुटी रित्याएको बताउदै त्यसको विरुद्धमा अब नेपाल युवा संघ जुरुमुराएर लाग्ने बेला आएको बताउनु भएको थियो । अध्यक्ष अधिकारीले अब देशको उन्नति ,प्रगति र समृद्धिका लागि फेरि पनि ओलि प्रधानमन्त्री हुन जरुरी रहेकाले त्यसको अगुवाई राष्ट्रि युवा संघ नेपालले गर्नु पर्ने समेत बताउनु भयो ।

त्यस्तै सोही बैठकलाई सम्बोधन गर्दै राष्ट्रि युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष्ँ तथा प्रदेश ईन्चार्ज सुमन पुरीले जनताको जनजिविका र राष्ट्रियताका बिषयमा नबोल्ने युवा संघ हुनै नसक्ने बताउनु भएको थियो । उहांले गएको स्थानिय तहको निर्वाचनमा नेकपा एमाले कतै–कतै आफ्ना भन्नेहरुवाट नै घोका खाएर जनमतमा चुकेको भन्दै अब युवा संघले त्यो झुकेको सुर्य उठाउन लाग्नु पर्ने भएकाले सोहि अनुसार लाग्न निर्देशन गर्नु भएको थियो । नवलपरासी जिल्लामा नेकपा एमालेले लोकप्रिय काम गरेर पनि पछिपर्नु दुरभाग्य भएको भन्दै अब जिल्लाका ७४ वटै वडामा एमालेको लालकिल्ला बनाउन आजबाटै लाग्न निर्देशन दिनु भएको थियो ।

बैठकमा जिल्ला ईन्चार्ज पौडेलले कमिटीमा रहने सदस्यको उमेर ४० बर्ष कायम रहेकाले उमेर काटेकाहरुलाई विदा गरीने बताउनु भयो भने युवा संघका पुर्व केन्द्रिय सदस्य सुवास जिसिले संगठनमा प्रशिक्षणको अभाव रहेको तथा अनुसासन र नैतिकता हुन जरुरी रहेको धारणा राख्नु भएको थियो।

बैठकमा राष्ट्रि युवा संघ नेपाल नवलपरासीका संयोजक भण्डारीले अब कुनै पार्टी,जाती र प्रसाशनले युवा संघलाई अमर्यादित ,अभ्रद्र तथा गैर कानुनि तरीकाले आफ्नो रबाव तथा दबावमा पार्ने , डर धम्र्की दिने र पार्टीको काममा अबरोध गरेमा त्यसको प्रतिवाद गर्न युवासंघ तयार रहेको बताउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.