Jilla Ban Notis

राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको संगठनात्मक एकता घोषणा कार्यक्रम सम्पन्न् । (नाम लिस्ट सहित )

0 21

कृष्ण ढकाल
बर्दघाट,फागुन–१४
राष्ट्रिय युवा संघ नेपाल नवलपरासी जिल्ला कमिटी नवलपरासीको संगठनात्मक एकता घोषणा कार्यक्रम सम्पन्न् भएको छ । राष्ट्रिय युवा संघ नेपालका जिल्ला संयोजक युवराज डुम्रेको अध्यक्षता र नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजातको प्रमुख आतिथ्यतामा राष्ट्रिय युवा संघ नेपाल नवलपरासी जिल्ला कमिटीको संगठनात्मक एकता घोषणा कार्यक्रम सम्पन्न् भएको हो । घोषणा कार्यक्रममा नेकपाका विभिन्न तहका विभिन्न संगठनका नेता कार्यकर्ताहरु देखि पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।  नेकपा पार्टी कार्यालय बर्दघाटमा भएको संगठनात्मक एकता घोषणा कार्यक्रममा साविकको नेकपा माओवादी र नेकपा एमालेमा आवद्धता रहेका युवाहरुलाई राष्ट्रिय युवा संघ नेपालमा एक्एबद्धता गराईएको हो । ेआजदेखि संगठनात्मक एकता घोषणा कार्यक्रम संगै राष्ट्रिय युवा संघ नेपाल नवलपरासी जिल्ला कमिटीमा संयोजक युवराज डुम्रे र सह–संयोजमा दिपक राना मगर रहेको ७१ सदस्यिय जिल्ला कमिटि बनेको छ । त्यसैगरी आज देखि नै नवलपरासी जिल्लाका ७ वटै स्थानिय तहमा राष्ट्रिय युवा संघका संयोजक तथा सह–संयोजकहरुको जिम्मेवारी दिईएको छ । संगठनात्मक एकता घोषणा कार्यक्रममा सुस्ता गाँउपालिका संयोजकमा ईश्वर प्रसाद उपाध्याय, सह संयोजक विनोद बानिया, प्रतापपुर गाउपालिका संयोजकमा राज कुमार हरिजन, सह संयोजक विजय चौधरी, बर्दघाट नगरपालिकाको संयोजकमा राजेश तिवारी सह संयोजक सन्तोष श्रेष्ठ, सुनवल नगरपालिकामा संयोजक राजु बस्याल सह संयोजक विनोद पाण्डे, सरावल गाउपालिकामा संयोजक विवेक भटराई सह संयोजक सुनु हजाम, रामग्राम नगरपालीको संयोजकमा जिवन भट्टाराई सह संयोजक सुरेन्द्र ठाकुर र पाल्हीनन्दन गाँउ पालीका संयोजक पुष्कर चौधरी सह संयोजक सुमित यादवलाई जिम्मेवारी दिएको छ । स्थानीय तहमा साबीक नेकपा एमाले निकट युवा संघ नेपालबाट ४ जना संयोजक र ३ जना सह संयोजक रहेका छन् भने साबिक नेकपा माओवादी निकट वाइसिएल नेपाल बाट ३ जना संयोजक र ४ जना सह संयोजक रहेका छन । त्यसैगरीे जिल्ला कमेटीमा संयोजक सहित नेकपा एमाले निकट युवा संघ नेपाल बाट ३८ जना र सह संयोजक सहित नेकपा माओवादी निकट वाईसिएल नेपाल बाट ३३ जना रहेको विज्ञप्तीमा उल्लेख गरीएको छ । एकता प्रकिया सम्पन्न भई जिम्मेवारी प्राप्त गरेका जिल्ला कमिटी सदस्य तथा स्थानीय तहका संयोजक तथा सह संयोजकहरुलाई केन्द्रीय समितीसंग समन्य गरी सपथ ग्रहण गराउने जिल्ला      संयोजक युवराज डुम्रेले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.