Jilla Ban Notis

राष्ट्रिय युवा संघद्धारा पार्टी कार्यालयमा वृक्षारोपण तथा सरसफाई ।

0 14

परासी,१७ असोज

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी पश्चिम नवलपरासीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जिल्ला पार्टी कार्यालयमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपाका नेता तथा युवा संघका जिल्ला तथा स्थानीय तहका नेताहरुको सहभागिता रहेको थियो ।

युवाहरुको समूहले पार्टी कार्यालय परासीको परिसरमा विभिन्न जातका विरुवा रोपण गर्नुका साथै पार्टी कार्यालय परिसरमा झार तथा घाँसको व्यवस्थापन गर्दै कार्यालय परिसरमा सफाई गरेका हुन् । संघका जिल्ला संयोजक युवराज डुम्रेको अध्यक्षता तथा पार्टीका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पार्टी अध्यक्ष तिवारीले युवाहरुमा रहेको उर्जाशिल र सिर्जनशिलतालाई उपयोग गर्दै समाज रुपान्तरण गर्न सकिने बताउनुभयो । संघका सहसंयोजक दीपक रानाले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेकपाका जिल्ला सचिव तुलसी पासी, कार्यालय सदस्य विमला अर्याल, जिल्ला कमिटी सदस्य रामप्रसाद पाण्डे, राजन आचार्य, रामु पाण्डे, नेकपा नेता श्याम बस्याल लगायतको पनि सहभागिता रहेको थियो । आगामी असोज २४ गते शपथग्रहण कार्यक्रम गर्न लागेको युवा संघले त्यसको पूर्व सन्ध्यामा उक्त कार्यक्रम गरेको हो ।

Leave A Reply

Your email address will not be published.