Jilla Ban Notis

राष्ट्रिय माबि माकर बेतहानीको ४ कोठे पक्कि भवन शिलन्यास गरियो ।

0 27

रामु भुसाल
बर्दघाट,भदौ–२९
२०७२ साल को भुकम्प बाट क्षती भएका संरचनाहरुको पुनःनिर्माण गर्ने उद्देश्यका साथ गठित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण को आर्थिक सहयोगमा भुकम्प बाट प्रभावित बिध्यालय निर्माणको लागी राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई नवलपरासी बाट प्राप्त अनुदान अनुसार बर्दघाट न।पा वार्ड नं। ७ मा रहेको राष्ट्रिय माध्यमिक बिध्यालय माकर बेतहानी को ४ कोठे पक्कि भवन सोमबार एक कार्यक्रमका बिच शिलन्यास भएको छ । बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालले सो पक्कि भवनको शिलन्यास गर्नु भएको हो ।

भुकम्प प्रतिरोधी माप दण्ड अनुसार प्राधिकरणको रु ६५ लाख को आर्थिक सहयोगमा निर्माण हुन लागेको सो पक्कि भवन शिलन्यास गर्दै कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख बस्यालले नगरक्षेत्रमा सुविधासम्पन्न भवनहरु निर्माण गरी गुणस्तरिय शिक्षा प्रदान गर्न नगर ले सक्दो सहयोग गर्ने बताउदै यस नगर भित्र प्राधिकरणको आर्थिक सहयोग भएकोमा धन्यवाद समेत ज्ञापन गर्नु भयो । सो अवसरमा वार्ड नं। ७ का वार्ड अध्यक्ष धुव्र थारु , वार्ड नं. ६ का वार्ड अध्यक्ष रोहित थारु कार्यपालिका सदस्य कविता रायमाझि , प्राधिकरण शिक्षा शाखाका सव ईन्जिनियर यज्ञ पौडेल , उधोग वाणिज्य संघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपाने , समाजसेवी बिस्नु पाण्डे , लगायत जनप्रतिनिधि बिध्यालय ब्यबस्थापन समितिका पदाधिकारी , बिध्यालयका शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।

सो पक्कि भवन आगामी चैत्र मसान्त सम्म मा निर्माण सम्पन्न गर्ने गरी अगाडी बढेको र सो कार्यका लागी सम्पुर्ण को सहयोग हुन जरुरी रहेको बिध्यालयका प्रधानाध्यापक शेषकान्त पौडेल ले बताउनु भयो । यस र्आिर्थक बर्षमा बर्दघाट नगर क्षेत्र भित्रका ३ वटा माध्यमिक बिध्यालयलाई चार कोठे पक्कि भवनका लागी अनुदान प्राप्त भएको छ ।

 

Leave A Reply

Your email address will not be published.