Jilla Ban Notis

राष्ट्रिय जनगणना २०७८ सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

0 22

अमृता सुनार

सुनवल,चैत्र–२२

नेपाल मगर संघ नगर समिति बर्दघाटको आयोजनामा राष्ट्रिय जनगणना २०७८ सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बर्दघाट वडा नम्बर ४ स्थित दिव्यज्योती बौद्ध बिहारमा नगर समितीका अध्यक्ष पुर्ण बहादुर शारु मगरको अध्यक्षतामा तथा नेपाल मगर संघ लुम्बिनी मग्रात प्रदेश समितीका कोषाध्यक्ष दिल बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा भुपु सैनिक तथा प्रहरी संघ केन्द्रीय समितिका सचिब मन बहादुर थापा मगर प्रदेश समिति सदस्य तेजेन्द्र पुर्जा मगर, मगर महिला संघ केन्द्रीय सदस्य तारा राना थापा मगर, जिल्ला समितिका उपाध्यक्ष मनमाया थापा मगर कोष्ध्यक्ष जस बहादुर पुन, सल्लाहकार मन बहादुर पुलामि मगर, सदस्य खडक बहादुर घर्ती मगर लगाएतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै दिल बहादुर थापा मगर, तारा राना मगर, मन बहादुर थापा मगर लगाएतले राष्ट्रिय जनगणना २०७८ मा मगर समुदायको सहि तथ्यांक र नगरहरुको भाषा धर्म संस्कार सस्कृति सवै तथ्यांकमा समाबेश हुनुपर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य बर्दघाट नगर समितिका उपाध्यक्ष बुद्धि माया थापाले दिनु भएको कार्यक्रमको संचालन नगर समितिका सचिब मेहर सिंह थापा मगरले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.