Jilla Ban Notis

राष्ट्रिय जनगणना २०७८को तयारीका सन्दर्भमा जिल्लास्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।

0 25

कृष्ण ढकाल
बर्दघाट,पौष–२०
राष्ट्रिय जनगणना २०७८ को तयारीका सन्दर्भमा आईतवार नवलपरासीको भुमहिमा जिल्लास्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न् भएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारा सहित २०७८ सालमा सुरु हुने १२ आँै जनगणनाको पुर्वतयारीका लागि नवलपरासी जिल्लामा जिल्ला स्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न् भएको थियो । जिल्ला तथ्याङ्क कार्यालय चितवनको आयोजनामा भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी शम्भु मरासीनिको अध्यक्षता र नवलपरासी जिल्ला समन्वय समितिका अध्यक्ष शिवशंकर रायको प्रमुख आतिथयतामा भएको उक्त जिल्ला स्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रममा जिल्लाका सातवटै स्थानिय निकायका प्रमुख,उप–प्रमुख तथा प्रशासकिय अधिकृतहरु, उद्योग वाणीज्य संघका पद्याधिकारीहरु,प्रहरी ,पत्रकार लगाएतको सहभागिता रहेको थियो । सो अवसरमा बोल्दै नवलपरासी जिल्ला समन्वय समितिका अध्यक्ष शिवशंकर रायले तथ्यांक संकलन गर्दा तेस्रो लिंगीको पनि तथ्यांक आउनेगरी गणना फारम तयार गर्न आग्रह गनुभएको थियो । त्यसैगरी रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जनगणनाको तथ्यांकले नगरभित्रका योजना तयगर्र्न समेत सहजता पुराउने बताउनु भयो । उहाँले जनगणनाका वेला तथ्यांक लिंदा गैरनागरीकहरुको पहिचान गर्न जरुरी रहेको धारणा समेत राख्नु भएको थियो ।  कार्यक्रममा तथ्याङ्क कार्यालय चितवनका तथ्याङ्क अधिकृत यज्ञमुर्ति भण्डारीले कार्यक्रमको औचितय सहति नेपालमा जनगणनाको ईतिहाँस,संवैद्यानिक ब्यवस्था, जनगणनाको तथ्याङ्क संकलन योजना तथा विधि लगाएत अवसर र चुनौतीका विषयमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । यस अघि २०६८ सालमा भएको जनगणना भन्दा थप प्रभावकारी अर्थात त्रृटि रहित बनाउने कोसीरमा यस पटक तथ्याङ्क संकलनमा शिक्षकहरुलाई नखटाई प्लस टू पास गरेका वेरोजगार युवाहरुलाई खटाएर रोजगारी सृजनागर्ने योजनामा रहेको तथ्याङ्क अधिकृत यज्ञमुर्ति भण्डारीले बताउनु भएको छ । प्रत्येक दश–दश बर्षमा हुने जनगणनालाई बिगतमा संकलन गरिने तथ्याङ्क भन्दा यस पटक संकलन गरिने तथ्याङ्कको दायरा फराकिलो बनाइने बताईएको छ । यस पटक जिल्लाको जनसंख्याको परिवर्तन, लैङ्गिक अवस्था, वृद्ध, बालबालिका र युवाको अवस्था, घरको अवस्था, उनिहरुले प्रयोग गरेको जग्गा, स्वास्थ्य, शिक्षा, प्रजनन् दर, बसाई–सराई, अपाङ्गता लगायतका विषयमा तथ्यांक संकलन गरीने बताईएको छ । जिल्ला तथ्याङ्क कार्यालय चितवनको कार्यक्षेत्र चितवन, नवलपुर र नवलपरासी जिल्ला रहेको बताइृएको छ ।

Leave A Reply

Your email address will not be published.