Jilla Ban Notis

राष्ट्रिय खानेपानी गुणस्तर निगरानी समितिद्धारा निरिक्षण ।

0 45

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२९
राष्ट्रिय खानेपानी गुणस्तर निगरानी समितिले बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निरिक्षण गरेको छ । खानेपानी गुणस्तर निग्रानी निर्देशीका–२०७६ बमोजिम मंगलवार मात्र गठन भएको लुम्बिनी प्रदेश स्तरीय समितिले आज बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई नमुना संस्थाका रुपमा निरिक्षण गरेको छ ।

राष्ट्रिय खानेपानी गुणस्तर निगरानी सम्बन्धि लुम्बिनी प्रदेश स्तरीय फिल्ड निरीक्षण कार्यक्रम अन्र्तगत पहिलो पटक बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नमुना निरिक्षण गरिएको निरिक्षणमा सहभागि विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) नेपालका नेश्नल प्रोफेश्नल अफिसर (एन.पि.ओ.) सुधनराज पन्थीले बताउनु भएको छ ।

नेपालकै नमुना मुकामका रुपमा रहेको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गर्ने खानेपानीको गुणस्तर र सुरक्षा योजनाका वारेमा बुझन टोली नवलपरासी आएको थियो ।

खानेपानी र स्वास्थ्यसंग सरोकार राख्ने संघिय र प्रदेशका सरकारी कार्यालय ,खानेपानी संस्थान र खानेपानी महासंघका प्रमुख तथा प्रतिनिधिहरु सहभागि रहेको उक्त टोलीले बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गरेको खानेपानीको गुणस्तर कायम गर्न अपनाएका प्रक्रिया,सुरक्षा योजना संगै पानीको मुहान र त्यसको प्रभावकारीताका वारेमा समेत जानकारी लिएको थियो ।

निरिक्षण टोलीमा स्वास्थ्य सेवा विभाग,ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाकी उप–स्वास्थ्य प्रशाशक अनु शाक्य, लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य
प्रमुख रोशनलाल चौधरी,विश्व स्वास्थ्य संगठन नेपाल (डब्लु.एच.ओ.) का नेश्नल प्रोफेश्नल अफिसर (एन.पि.ओ.) सुधनराज पन्थी,नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख मोहन पन्त भट्ट खानेपानी महासंघकी प्रदेश सदस्य सावित्रा रेग्मी लगाएतको सहभागिता रहेको थियो ।

यसैक्रममा
खानेपानी गुणस्तर निग्रानी निर्देशीका–२०७६ बमोजिम हिजो मंगलवार मात्र गठन भएको लुम्बिनी प्रदेश स्तरीय समितिलाई बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाटले आज नै एक कार्यक्रमका विच स्वागत तथा सम्मान गर्दै आफ्नो संस्थाले गरेका कार्यहरुका वारेमा जानकारी गराएको थियो ।

संस्थाका अध्यक्ष धातानन्द बस्यालको अध्यक्षता र संस्थाका ब्यवस्थापक बिष्णु कुमार भुषालको संचालन रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा खानेपानी सुरक्षा योजना समितिका संयोजक दिपक लम्सालले संस्थाले संचालन गरेको सुरक्षा योजना र संस्थाको वस्तु अवस्थाका वारेमा जानकारी गराउनु भएको थियो ।
सो अवसरमा राष्ट्रिय खानेपानी गुणस्तर निगरानी समितिवाट निरिक्षणमा आउनुभएका विश्व स्वास्थ्य संगठन  (डब्लु.एच.ओ.) नेपालका नेश्नल प्रोफेश्नल अफिसर (एन.पि.ओ.) सुधनराज पन्थीले निरीक्षणमा आउनुको कारण र पत्रकार कृष्ण ढकाल लगाएतले बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सेवा प्रभावका वारेमा आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.