Jilla Ban Notis

राष्ट्रिय आर्थिक गणना २०७५ मा लिईएको नवलपरासी जिल्लाको गणना नतिजा सार्वजनिक

सबै भन्दा बढी लेखा नराख्ने प्रतिष्ठानहरु पाल्हिनन्दन गाउँपालिकामा

0 83

कृष्ण ढकाल
बर्दघाट,फागुन–१५
राष्ट्रिय आर्थिक गणना २०७५ मा लिईएको नवलपरासी जिल्लाको गणना नतिजा सार्वजनिक गरीएको छ । आज नवलपरासीको सदरमुकाम परासीमा एक कार्यक्रमको आयोजनागरी जिल्ला स्तरीय गणना नतिजा सार्वजनिक गरीएको हो ।

तिन प्रदेशका तिन जिल्ला हेर्दै आएको तथ्याङ्क कार्यालय,चितवनको आयोजनामा आज परासीमा भएको गणना नतिजा सार्वजनिक कार्यक्रम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षता र जिल्ला समन्वय समितिका अध्यक्ष शिवशंकर रायको प्रमुख आतिथयतामा सम्पन्न् भएको थियो ।

राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार नवलपरासी जिल्लामा ११ हजार २ सय ८ प्रतिष्ठानहरु मध्ये ५ हजार २१ वटा प्रतिष्ठानहरु दर्ता भएको र ६ हजार १ सय ८७ वटा प्रतिष्ठानहरु विना दर्ता संचालन भएको तथ्यांक सार्वजनिक गरीएको थियो ।

दर्ताभएका प्रतिष्ठानहरुमा ३३ हजार ६ सय २३ जना संलग्न जनशक्ति रहेको र दर्ता नभएका प्रतिष्ठानहरुमा १० हजार २ सय ४३ जना गरी कुल ४३ हजार ८ सय ६६ जना संलग्न जनशक्ति रहेको आयोजक तथ्याङ्क कार्यालय,चितवनका तथ्यांक अधिकृत यज्ञमुर्ति भण्डारीले बताउनु भएको थियो ।

सार्वजनिक गरीएको तथ्यांक अनुसार जिल्लाका सात वटा स्थानिय तहहरु मध्ये सबै भन्दा बढी लेखा नराख्ने प्रतिष्ठानहरु पाल्हिनन्दन गाउँपालिकामा रहेका देखिएको छ । जहां ७ सय ५६ प्रतिष्ठानहरु मध्ये १ सय ३ वटा प्रतिष्ठानहरुले मात्र लेखा राख्ने गरेको र बांकी ६ सय ५३ वटा प्रतिष्ठानहरुले लेखा नराखेको तथ्यांक सार्वजनिक गरीएको थियो । राष्ट्रिय आर्थिक गणना २०७५ केन्द्रिय तथ्याक विभागवाट पहिलो पटक गरीएको थियो ।

कार्यक्रममा जिल्लाका स्थानियतह र जिल्लाकार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरु ,सुरक्षा निकाएका प्रमुखहरु एवं पत्रकारहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी सोही अवसरमा तथ्यांक अधिकृत भण्डारीले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा का वारेमा समेत जानकारी गराउनु भएको थियो । तथ्यांक अधिकृत भण्डारीले प्रस्तुत् गर्नु भएको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार पश्चिम नवलपरासीमा कुल जनसंख्या ३ लाख ८५ हजार ५ सय १५ जना रहेका छन् । उल्लेखीत जनसंख्या १ दशमल ४४ प्रतिशतले बृद्धि भएको छ ।

Leave A Reply

Your email address will not be published.