Jilla Ban Notis

राष्ट्रपति रनिङ शिल्डको उपाधी न्यु लाइफ माबीलाई

0 150

प्रकाश न्यौपाने
बर्दघाट,फाल्गुन १२

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका स्तरीय तेस्रो अन्तर विद्यालय नगर स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधी न्यु लाइफ माध्यामिक बिधालयले हात परेको छ । बर्दघाट १५ मा रहेको सरस्वती माबीमा ८ गते देखि सुरु भएको खेल ११ गते सम्पन्न भएको छ। अधिकस खेलमा उत्कृष्ट प्रदर्शन गर्दै न्यु लाइफ माबीले राष्ट्रपति रनिङ शिल्ड जित्न सफल भएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । न्यु लाइफ मा.बि. ले यस अघि दोस्रो रनिङ शिल्ड समेत हात परेको विद्यालयका प्रन्सिपल सन्तोष अधिकारीले बताउनु भयो ।

न्यु लाईफले छात्रा भलिबलमामा तृतीय,छात्रा तेक्वान्दोमा दोस्रो, छात्र तेक्वान्दो प्रथम, छात्रा कबडीमा प्रथम स्थान हासिल गरेको विद्यालयका प्रबन्ध निर्देशक डि.बि अधिकारीले जानकारी दिनु भयो । विद्यालयले प्रथम पुरस्कार स्वरुप २५ हजार रुपैया शिल्ड र मेडल प्राप्त गरेको छ ।

त्यस्तै दिव्यज्योती माध्यमिक विद्यालय दोस्रो स्थान हात पर्दै १५ हजार नगद र मेडल त्यस्तै गगा माध्यमिक विद्यालय तेस्रो स्थान हात १० हजार र मेडल पुरस्कार प्राप्त गरेको छ बर्दघाट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत गोबिन्द शर्माले जनकारि दिनु भयो ।

Leave A Reply

Your email address will not be published.