Jilla Ban Notis

रामनगर बृहत खानेपानी आयोजनामा खानेपानी सुरक्षा योजना लागु ।

डिभिजन खानेपानी तथा सरसफाई कार्यालय रुपन्देही संग भयो सम्झौता

0 27

भुमहि,जेष्ठ–२२
सुनवल नगरपालीका वडा नं ११ , १२ र १३ मा खानेपानी वितरण गरिरहेको रामनगर बृहत खानेपानी तथा सरसफाई आयोजना भुमही र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देही विच आज खानेपानी सुरक्षा योजना लागु गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त आयोजनाद्धारा वितरण भएको पानीको शुद्धता गुणस्तरियता एवं विस्वसनियता र उपभोक्ताहरुको हितलाइ मध्यनजर राख्दै आयोजना संचालक समितिको बैठक ले आयोजनाका उपाध्यक्ष विष्णु प्रसाद अर्यालको संयोजकत्वमा ११ सदस्यीय खानेपानी सुरक्षा योजना टोली गठन गरेको थियो ।

खानेपानीको मुहान देखि उपभोक्ताको मुख सम्म खानेपानी पुयाउदै गर्दा पानीको गुणस्तर र शुद्धतामा कुनै कमि हुन नदिन र वितरण भएको ठाउँहरुमा आउने समस्याहरुलाई समाधानको लागी संचालक समितिलाई सुझाव सहितको योजना र प्रतिवेदन बनाउदै कार्यान्वयनका लागी सल्लाह सुझाव प्रदान गर्नका लागि उक्त सुरक्षा योजना टोली गठन गरिएको हो । खानेपानी आयोजनका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा आज भएको एक विषेश कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बुटवलका प्राविधिक इश्वरी प्रसाद आचार्यले गठीतटोलीलाई खानेपानी सुरक्षा योजनाको सन्दर्भमा प्रशिक्षण समेत प्रदान गर्नु भएको थियो । उक्त टोलीमा संयोजक विष्णु प्रसाद अर्याल , सह संयोजक यम प्रसाद खनाल र सदस्यहरुमा सरस्वती सुवेदी, राम प्रसाद भट्टराई, रमाकान्त अर्याल, तेज प्रसाद पौडेल, टेकराज अर्याल, कृष्ण गौडेल, सुमित्रा भट्टराई, यम प्रसाद ढकाल र शोभा सुवेदी रहेको आयोजनाका व्यवस्थापक एवम उक्त सुरक्षा योजना टोलीका सह संयोजक यम प्रसाद खनालले जानकारी दिनु भएको छ ।

टोलिले आफुले वितरण गरेको क्षेत्रहरुमा देखिएका समस्याहरु पहिचानगरी समाधानको लागी विभिन्न योजनाहरु बनाई मुल समितिलाई सुझावहरु प्रदान गर्ने र मुल समितिले उक्त टोलीले दिएका सुझावहरुलाई कार्यान्वयन गरे नगरेको अनुगमन एवम निरिक्षण गर्ने जस्ता कार्यहरु गर्ने अधिकार रहने बताईएको छ ।

Leave A Reply

Your email address will not be published.