Jilla Ban Notis

रामग्राम स्तुपमा वृक्षारोपण, वातावरणीय सुधारमा सबैको योगदान आवश्यक

0 53

मोहन पौडेल

परासी, २२ जेठ

विश्व वातावरण दिवसको अवसर पारेर भगवान् गौतम बुद्धको अस्तिधातु रहेको स्थल रामग्राम स्तुपमा वृक्षारोपण गरिएको छ ।

स्तुप क्षेत्रलाई हराभरा, हरियाली र रमणीय बनाउने उद्देश्यले आज खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला समिति, रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्था उजैनी र वास पत्रकार समूह नवलपरासीको संयुक्त आयोजनामा रामग्राम ७ स्थित स्तुप क्षेत्रमा वृक्षारोपण गरिएको हो ।

नयाँ सोच र सृजना, प्राकृतिक प्रणालीको पुनः स्थापना भन्ने नाराका साथ आज विश्वभर वातावरण दिवस मनाईदैँछ । रामग्राम स्तुपको संरक्षण र पर्यावरण संरक्षणमा टेवा पुर्याउने उद्देश्यले स्तुपको पूर्वतर्फको खोला किनारमा वृक्षारोपण गरिएको रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले बताउनुभयो ।

वर्तमान समयमा वातावरणीय सुधारका लागि सबैको योगदान आवश्यक रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका संयोजक थानप्रसाद गैरेले जोड दिनुभयो । यहाँ वृक्षारोपण गर्दा स्तुप क्षेत्र हराभरा हुने र स्तुपको क्षेत्रलाई खोलाको कटानबाट जोगाउन पनि सहयोग पुग्ने उहाँले बताउनुभयो ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि जलवायु परिवर्तनका असर न्यूनीकरण तथा पर्यावरणीय संरक्षण गर्दै वर्तमान समयमा देखिएको अक्सिजन अभावलाई आगामी दिनमा कमी हुन नदिन वृक्षारोपण आवश्यक रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।

रामग्राम ७ का वडाध्यक्ष शिवशंकर प्रसाद हरिजनको अध्यक्षता तथा खानेपानी महासंघका प्रदेश संयोजक गैरेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ नवलपरासीका उपाध्यक्ष नगेन्द्र अग्रहरी, प्याव्सन नवलपरासीका वरिष्ठ उपाध्यक्ष राधेरमण पाण्डे, रामग्राम जेसीज वर्ष २०२१ का अध्यक्ष चन्द्रमणि चौधरी, हेल्पिङ्ग हेन्ड्स परासीका अध्यक्ष सञ्जय शर्मा लगायतले वातावरणको महत्व र रोपिएका विरुवाको संरक्षणमा जोड दिनुभएको वास पत्रकार समूह नवलपरासीकी सचिव मालति न्यौपानेले जानकारी दिनुभयो ।

उक्त अवसरमा नेपाल लेखापढी कानून व्यवसायी एसोसियशनका केन्द्रीय सदस्य अर्जुन क्षेत्री, रामग्राम ७ का वडा सदस्यहरु, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघकी जिल्ला उपाध्यक्ष तारा सुनार, पिस क्लव ईन्टरनेशनलका महासचिव बेचु गौड, रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र राठौर तथा पदाधिकारीहरु, रामग्राम जेसीजका निवर्तमान अध्यक्ष सन्दिप अग्रहरी, उपाध्यक्ष विष्णु हरिजन लगायत स्थानीयवासीहरुको पनि सहभागिता रहेको वास पत्रकार समूहका अध्यक्ष मोहन पौडेलले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.