Jilla Ban Notis

रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयन घोषणा गरसंगै रामग्राम स्तुप बिकास कोष गठन गर्न माग ।

0 24

गौरीशंकर जयसवाल
परासी ,२ असार
नेपाल सरकारले भगवन गौतम बुद्धको एक मात्र आस्तधातु रहेको स्थल रामग्राम स्तुपको अगामी आर्थिक बर्षका लागि योजना कार्यान्वयन घोषण गरेपछि स्थानिय बासीहरु उत्साहित भएका छन । उनीहरुले रामग्राम स्तुपको गुरु योजना समयमा कार्यान्वयनमा ल्याउन समेत माग गरेका छन । रामग्राम स्तुप संरक्षण तथा पर्यटन बिकास संस्था परासीले रामग्राम स्तुपको गुरु योजना अगामी बर्षछिट्टै कार्यान्वयन ल्याउन आज प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक मार्फत प्रधानमन्त्री तथा संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्रीलाई ज्ञापन पत्र दिएको संस्थाका अध्यक्ष शम्भुप्रसाद उपध्यायले बताउनु भएको छ ।  रामग्राम स्तुप योजना समयमा कार्यान्वयन गर्नको लागि स्वायत्त निकाय रामग्राम स्तुप बिकास कोष गठन गर्न समेत माग गरिएको अध्यक्ष उपाध्यायले जानकारी दिनु भयो । नेपाल सरकारले आर्थिक बर्ष२०७७।०७८को निति तथा कार्यक्रम तथा बजेट बिनियोजनमा रामग्राम स्तुप संरक्षण प्रबद्धन र बिकास गर्नको लागि रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयन गर्ने घोषणा गरेको छ।

विश्व सम्पदा सुचिमा सुचिकृतका लागी पर्खाईमा रहेको स्तुप क्षेत्रमा चौथो पटक जियो फिजिक्स सर्भे भएको छ । सोहि सर्भेका क्रममा स्तुप क्षेत्रमा वुद्धकालीन महत्वका महत्पुर्ण पुरातात्विक संरचना समेत फेला परेको थियो । बुद्धको अस्ठधातु राखिएका विश्वका आठ स्तुपमध्ये उत्खनन् नभई अस्तु सुरक्षित रहेको एकमात्र स्तुप रामग्राम हो ।

Leave A Reply

Your email address will not be published.