Jilla Ban Notis

रामग्राम सहकारीद्धारा मृत्तक शेयर सदस्यका परिवारलाई क्रिया खर्च प्रदान ।

0 65

परासी, १९ जेठ
रामग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामग्राम–३ परासीले आफ्ना मृत्तक शेयर सदस्यका परिवारलाई क्रिया खर्च प्रदान गरेको छ । संस्थाका शेयर सदस्य स्वर्गिय रामजतन हरिजनको परिवारलाई उहाँकै निवासमा आज सातौँ दिनको पुण्य तिथि पारी सहकारीको आयोजनामा भएको शोकसभामा क्रिया खर्च बापत रु दश हजार प्रदान गरिएको हो ।  रामग्राम सहकारीका अध्यक्ष जनार्दन ठाकुरले स्वर्गिय रामजतनका छोरा सञ्जय हरिजनलाई उक्त रकम हस्तान्तरण गर्नुभएको सहकारीका सचिव मोहन पौडेलले बताउनुभयो । रामग्राम सहकारीले मृत्तक शेयर सदस्यका परिवारलाई क्रिया खर्च उपलब्ध गराउँदै आएको छ ।
शोकसभामा बोल्दै सहकारीका अध्यक्ष ठाकुरले शेयर सदस्य हरिजनको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभयो । दिवंगत आत्माप्रति चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभयो ।  सहकारीका अध्यक्ष ठाकुरको अध्यक्षतामा भएको शोकसभामा उपाध्यक्ष अनिल कुमार शर्मा, सचिव मोहन पौडेल, सञ्चालक समितिका सदस्यहरु सुर्यनाथ पटेल, मुक्ति पौडेल,विष्णुमाया राना, लेखा समिति सदस्य यमकुमारी सुवेदी, कानूनी सल्लाहकार भवराज पाण्डे, शेयर सदस्य एवं वडा सदस्य चन्द्रप्रकाश गुप्त, शेयर सदस्य श्यामसुन्दर जयसवाल, व्यवस्थापक तुलसी ढकाल लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.