Jilla Ban Notis

रामग्राम महिला जेसीजद्धारा दृष्टि बिहीन बिद्याथीहरुलाई कम्बल बितरण ।

0 64

गौरीशंकर जयसवाल

परासी ९ पुष

केही दिनदेखी तराईमा जाडो बढेपछि बिभिन्न सघसंस्था तथा सरकारी निकायमा रहेको बिपत व्यवस्थापनले दाउरा र कम्बल बितरण गरेका छन । उनीहरुले बिपन्न बर्ग गरीब र दुष्टी बिहीनहरुलाई जाडो छल्नलाई दाउरा र कम्बल बितरण गरेका हुन । सोही क्रममा पश्चिम नवलपरासीमा रामग्राम महिला जेसिज परासीले दृष्टि बिहीनहरुलाई जाडो छल्नलाई कम्बल बितरण गरेको छ । आज परासीमा एक कार्यक्रमको आयोजना आर्दश माध्यमिक बिद्यालय रहेको दृष्टि बिहीन कक्षाका बिद्यार्थीहरुलाई कम्बल बितरण गरिएको हो । रामग्राम महिला जेसिजले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको सहयोगमा दृष्टि बिहीन बिद्यार्थीहरुलाई जाडो छल्नको लागि उक्त कम्बल बितरण गरिएको महिला जेसिजकी अध्यक्ष बिमला सिंहले जानकारी दिईन ।उनको अनुसार बिद्यालयमा रहेका १० बिद्याथी गरी १० थान कम्बल बितरण गरेको बताईन । बितरण कार्यक्रममा बोल्दै प्रमुख आथिती रामग्राम नगरपालिकाका वडानं ६का वडाध्यक्ष जितेन्द्र प्रसाद अग्रहरीले रामग्राम महिला जेसिजले गरेको क सहानीय कामको प्रसश गदै सामाज परिर्वतनमा जेसिजको भूमिक महत्वपूर्ण रहेको बताएका थिए । उनले सामाजिक संघ संस्थाले गर्ने यस्ता कार्यले समाजिक सचेतना बढाउन सघाउ पुग्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा रामग्राम जेसीजका पूर्व अध्यक्ष राजकुमार रेश्मी,महिला जेसीजकीद्धय पूर्व अध्यक्ष लक्ष्मी क्षेत्री, प्रबिता गुरुअर्चाय आर्दश माध्यमिक बिद्यालयका प्रधानध्यपक अरबिन्द्र पाठक,लगायतले बोलेको कार्यक्रम संयोजक दुर्गावती गुप्ताले जानकारी दिईन ।

Leave A Reply

Your email address will not be published.