Jilla Ban Notis

रामग्राम – नौ मा राधाकृष्ण पशुपालक कृषक समूह गठन ।

0 40

बर्दघाट,असार–२३
रामग्राम नगरपालिका वडा नं.९ मा आज भएको पशुपालक कृषकको भेलाले शिवसरण गुप्ताको अध्यक्षता मा २५ सदस्यीय राधाकृष्ण पशुपालक कृषक समूह गठन गरेको छ । जस्को उपाध्यक्षमा नरसिंह पासी रहनु भएको छ भने सचिवमा देव कुमार यादव र सह–सचिवमा शिवेन्द्र कुमार कुर्मी र कोषाध्यक्षमा विन्द्र पासी रहनु भएको छ ।
नेपाल लाईभ स्टक सेक्टर ईनोभेसन आयोजना विकेन्द्रीकरण सहयोग इकाइ बुटबलको आयोजना र रामग्राम नगरपालिकाको सहकार्यमा आज रामग्राम नगरपालिका वडा नं.९ मा भएको पशुपालक कृषकको भेला रामग्राम नगरपालिका वडा नं.९ का वडा अध्यक्षसुनिल कुमार पाठक को अध्यक्षता र नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा इकाई कार्यालय बुटवलमा कार्यरत डा. खिमानन्द खनाल,कार्यपालिका सदस्य,वडा सदस्य लगायतको उपस्थिति रहेको रामग्राम नगरपालिकाको पशु शाखाका गोविन्द पौडेलले जानकारी दिनु भएको छ ।
रामग्राम नगरका कृषिहरुलाई व्यवसाय उन्मुख वनाउदै नगरलाई दुध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ रामग्राम नगरपालिकाले पशुपालक कृषक समूह गठन लाई तिव्रता दिएको छ । नवगठीत समुहलाई आज नै समूह सञ्चालनका लागि कार्यालय सामग्री हस्तान्तरण समेत गरेको थियो ।

Leave A Reply

Your email address will not be published.